युनाइटेड बुद्धिष्ट वेलफेयर अर्गनाइजेशनको सेमिनार सम्पन्न

United Buddhist welfare organisation
कोलकाताको धारमाङकुर विहार कृपा शरण म्हास्टावीर भवनमा सम्पूर्ण नर्थ अनि साउथ बङ्गाल एवम कोलकाताका विभिन्न जातीय धार्मिक समुदायवर्ग, तामांग बौद्ध संघ, गुरुङ बौद्ध संघ, शेर्पा, भुटिया, बंगाली, बरुवा प्रतिनिधिवर्गको उपस्थितिमा एक भब्य बौद्ध सेमिनार गत २७ नोभेम्बरको दिन सम्पन्न भयो | मन्चमा आशिन अल इण्डिया महाबोधी संघ भान्तेवर्ग, नर्थ बंगाल, डुवर्स, दार्जीलिंग जिल्लाबाट बिशेष अल इण्डिया बुद्धिष्ट गुम्बा कनफेडेरेसन एवम रिलिक्स कमिटि अध्यक्ष लामा साङ्गे योन्तेन, अल इण्डिया म्हायाना लामा संघ सचिव आचार्य साङ्गे छोपेल एवम अन्य लामावर्गले बुद्ध मंगलाचरण पाठ गरेपछि महासचिव सुदिप बरुवाले स्वागत भाषण राखे | भारत भुमि बौद्ध भएको प्रमाण देखाउन सरकार समक्ष धार्मिक आन्दोलन छेड्नु पर्ने सुझाउ राखे | संगठन एवम बुद्धिष्ट माइनोरिटी कमिशन सदस्य विकाश बरुवाले पनि आफ्नो बिचार पोखे | चीफ कन्भेनर जम्बु लामा दार्जीलिंग, जोइन्ट कन्भेनर आकाश लामा, बागडोग्राले पनि बौद्ध धर्मलाई साठीक रुपमा व्यापकता दिने कुरोमा जोड दिए | एचके काल्देन पासांग भोटिया, पाल्देन भोटिया, सेभाष्टिन प्रधान कालेबुंग अनि लाक्पा गोले बागडोग्राको उपस्थितिमा अन्य वक्ताहरुले पनि आफ्नो बिचार पोखे | अन्तमा सम्पूर्ण प्रतिनिधिलाई सभापति डा० बुद्ध प्रियले शपथ ग्रहण गराउंदै कार्य अघाडि लाने निर्देश दिएको जानकारी प्रचार प्रसार सचिव सुरेन पाख्रिनले एक प्रेश विज्ञप्ति मार्फत दिएका छन् ||

कोलकाताको धारमाङकुर विहार कृपा शरण म्हास्टावीर भवनमा सम्पूर्ण नर्थ अनि साउथ बङ्गाल एवम कोलकाताका विभिन्न जातीय धार्मिक समुदायवर्ग, तामांग बौद्ध संघ, गुरुङ बौद्ध संघ, शेर्पा, भुटिया, बंगाली, बरुवा प्रतिनिधिवर्गको उपस्थितिमा एक भब्य बौद्ध सेमिनार गत २७ नोभेम्बरको दिन

Read latest post filed under North Bengal

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.