गत आइतबार याक थुंगसङ चोक्को मङपु शाखाको तत्वधानमा अनि सभाध्यक्ष बिनोद सिंङ थेबे, शाखा सचिव डीपी लिम्बु खजुयको नेतृत्वमा साथै सम्पूर्ण लिम्बु थाक थुम्बाहरुको उपस्थितिमा आफ्नो लिम्बु जातीय परम्परालाई पालन गर्दै माङहोप ( गली सराप) पुजा धर्मगुरु जसहाङ लिम्बु द्वारा विधिवत रुपमा सम्पन्न गरिएको छ | यस पुजामा कार्यकारिणी सदस्य – सदस्याहरु साथै दशैँवटा शाखाहरु लाब्दा बस्ती, रेशेप बजार, रेशेप विभाग, रम्बी विभाग, मङपुर् विभाग, सिम्ले, चालिस, सेब्जे बस्ति आदिका लिबु दाजु भाई, बहिनी साथै सदस्यहरुको व्यापक उपस्थिति रहेको थियो | सम्पूर्ण लिबु परिवारहरुको प्रतिवर्ष परिवारहरुमा सुख शान्ति बनाई राख्नको निम्ति मृतक युमा थेबाहरुको आशिर्वाद सदैव लिम्बु परिवारमा छाइरहोस भन्ने हेतु यस प्रकारको पुजा खोलाको किनारमा गरिनु पर्ने हुनाले सिटोङ अनि मङपुको संगम स्थल रियाङ खोला जोगिघाटमा भब्य रुपमा सम्पन्न गरिएको जानकारी याक थुङ सङ चोम्बोको प्रचार प्रसार सचिव मनोज कुमार सुब्बाले दिएको छ ||
लिम्बुहरुको माङहोप पुजा सम्पन्न
26Dec2016
Post a Comment