मङपुको शैक्षिक पृष्ठभूमिमा दैनोदिन प्रगति गर्दै अघि बडिरहेको सन्त मंगल एकाडेमीले आफ्नो वार्षिक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ | विधालय संचालन भएको २० औं वर्ष पुरा गर्दै २१ औं वर्षमा टेकेको सुखमय क्षणमा हर्सोल्लासको साथ विधालयले यस खेलकुद कार्यक्रम संचालन गरेको थियो | सन्त मंगल एकाडेमीले यतिका दिनहरुमा शैक्षिक स्तरीयतालाई पनि समय अनि तकनिकी संग अघि बढाउँदै मङपुको शैक्षिक संस्थानहरुको पंक्तिमा आफ्नो नाम सुरक्षित राख्न सफल भएको छ | मङपु खेलकुद संघका सचिव राम पोख्रेलको अध्यक्षतामा सम्पन्न यस खेलकुद कार्यक्रममा सरस्वती उच्चतर माध्यमिक विधालयका शिक्षिका प्रभारी चन्द्रकला राईले विधालयको झण्डा उत्तोलन गरेका थिए | कार्यक्रममा विधालयका विभिन्न कक्षा अनि दलहरुका विधार्थीहरुलाई लिएर विभिन्न दुरीका दौड, सन्तुलन दौड, मस्तिष्क जाँच, पालो फेर्ने दौड, जाब्लिन थ्रो, लांग जम्प आदि खेलहरु संचालन गरिएको थियो भने नर्सरी अनि केजीका नानीहरुले एक्सन डान्स पनि प्रस्तुत गरे | यसरी नै कार्यक्रममा विधालयका शिक्षक – शिक्षिकाहरुलाई लिएर पनि विभिन्न प्रकारका मनोरन्जक खेलहरु सम्पन्न गरियो | कार्यक्रमको शुरुमा विधार्थीहरुले दर्शनीय मार्च पास्ट पनि प्रस्तुत गरेका थिए | कार्यक्रममा उपस्थिति अतिथिहरुले सन्त मंगल एकाडेमीलाई स्थापनाकाल देखि आज पर्यान्त गरेका प्रगतिहरुको गुणगान साथै प्रसंसा गरेका थिए | अन्तमा विधालय प्राचार्य मन्जीत थापाले उपस्थित सम्पूर्ण अतिथि अनि अभिभावकहरुलाई बहुमुल्य समय दिएकोमा कृतज्ञता संगै नव वर्ष २०१७ को मंगलमय शुभकामना प्रकट गरे |

Post a Comment
We love to hear from you! What's on your mind?