जनवरीमा चारदिने तामांग अधिवेशन मङपुमा हुने

Tamang adhiveshan meeting
सन १९९८ सालमा मङपुमा  अखिल भारतीय तामाङ बौद्ध संघको १३वा बार्षिक अधिवेशन मङपुमा सम्पन्न भएको थियो भने फेरि दोस्रो पल्ट ३२औ अधिवेसन आगमी बर्ष २१ देखि २४ जनवरी २०१७ सम्म मङपु जनमैदान सम्पन्न हुने भएको छ | ३२औ अधिवेसनलाई लिएर आज स्थानीय डीन्छेन सेरप छोयलिंङ बौद्ध गुम्बामा समितिकै सभापति केएस तितुङको अध्यक्षतामा अखिल भारतीय तामाङ बौद्ध संघको सभा सम्पन्न भयो | सभामा दार्जीलिङ,कालेबुङ,खर्साङ, सिलगडी,डुवर्स, तक्दा अनि सिक्किमबाट केन्द्रिय समितिका प्रतिनिधिहरु उपस्थिति रहेका थिए | यस पल्टको अधिवेशनलाई सफलीभूत पार्न र गरिमामय बनाउन नै आजको सभा डाकिएको कुरा अभाताबौद्द संघका मङपु अंचलका सचिव जोनी तामाङले जनाए | सभामा संगठानिक सचिव चन्द्र लामा,कालेबुङ महकुमा समितिबाट लोपसाङ लामा,पछिम डुवर्सबाट गोपाल लामा खर्संङ  महकुमाबाट युएस लामा तक्दाह खण्डबाट सरोज गोले मिरिकबाट केशाङ लामा,साथै अअन्यले अधिवेसनलाई सफलीभुत पार्ने बिषयमा मन्तब्य राखे | संघका अध्यक्ष केएम तितुङले अभाताबौद्द संघ सिक्किमबाट प्रत्येक बर्ष १० हजार रुपिया केन्द्रिय समितिलाई दिईरहेको जानकारी गराउदै यसपल्टको अधिवेसन मङपुमा बृहत रुपमा गरिने जनाए साथै कार्यक्रमको निम्ति स्वागत फ्लेक्स साथै पोस्टरहरुमा नेपाली भाषा संगै तामाङको ताम्रा लिपिमा पनि  प्रयोग हुनु पर्ने कुरा माथि सबैले सहमति जनाए | यसरी मङपुमा २१ जनवरी देखि २४ जनवरी २०१७ सम्म चार दिने अधिवेसनको प्रारम्भमा दिन्छेन सेरप छोयलिंङ गुम्बा नालीडाड़ा पुजा अर्चना पछि जातीय एवं धार्मिक साजबाजको साथ शोभायात्रा समारोह स्थान तर्फ प्रस्थान हुने अनि उक्त चार दिने अधिवेसनमा शाखाको बार्षिक प्रतिवेदन,धर्मगुरुबाट धार्मिक प्रवचन साथै सांस्कृतिक कार्यक्रमहरु सम्पन्न हुनेछ | प्रत्येक शाखाले आगमी २० डिसेम्बर भित्रमा अभाताबौद्द संघका बार्षिक शुल्क केन्द्रीय समिति मार्फत मङपू आयोजक समितिलाई  बुजाई दिने आजको सभामा पारित गरियो भने अखिल भारतीय तामाङ बौद्ध संघ मङपु उक्त चार दिने अधिवेसन सम्पूर्ण तामाङ सन्तानलाई हार्दिक  स्वागत गर्दछ |

सन १९९८ सालमा मङपुमा अखिल भारतीय तामाङ बौद्ध संघको १३वा बार्षिक अधिवेशन मङपुमा सम्पन्न भएको थियो भने फेरि दोस्रो पल्ट ३२औ अधिवेसन आगमी बर्ष २१ देखि २४ जनवरी २०१७ सम्म मङपु जनमैदान सम्पन्न हुने भएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.