गत शुक्रबारको
दिन तृणमूल कग्रेस दार्जीलिंङ
सिन्कोना प्लान्टेशन वाकर्स
युनियन प्रतिनिधिद्वारा सिन्कोना
अनि अन्य औषधिय पौधाहरुका
निर्देशक डा.सामुएल राई सित
एक महत्वपुर्ण भेटवार्ता गर्यो | उक्त
वार्तामा दश दिने मजदुरवर्गको
कामलाई चाँडो स्थायी नीज गराईनु
पर्ने,सिन्कोना बोक्राको मुल्यदर
बड़ोत्तरी गरिनुपर्ने ,मजदुरवर्गको
मोडल हाउस (घर) झट्टै निर्माण
गरिनपर्ने अनि हालमा मजदुरहरुले
भोग्नु परिरहेको वेतन सम्बन्धि
समस्यालाई समाधान हेतु चर्चा
परिचर्चा गर्दै दश दिने मजदुरहरुको
नियम अन्तर्गत स्थायीकरण नभएकोमा आपत्ति जनाउँदै चाडो
भन्दा चाड़ो समाधान गरिनु पर्ने
युनियनद्वारा मांग राखियो | सिन्कोना
बगानमा ग्रुप डीको पद्द्दोनती
नभए २०१९ सम्म सम्पूर्ण सिन्कोना
बगान बन्द हुने अवस्था आई
पर्ने हुनाले चाड़ो भन्दा चाडो
ग्रुप डीलाई पद्दोंन्न्ती
गरिनु पर्ने मांग यूनियनद्वारा
राखियो | स्पेसल सिजनल लेबरलाई
जुन वेतन दिरहेछ उक्त वेतन
जीटीएको आदेश बमोजिन सिन्कोनाको
वेतन बजेटबाट नै कटौती गरि
भुक्तान गरिएको जानकारी पाए, यसैकारणले
गर्दा उक्त दशदिने मजदुरको
स्थायीकरणको बाधा आईपरेको
जानकारी प्राप्त भयो | सिन्कोना
मजदुरहरुको हक अन्तर्गत पाउनु
पर्ने मोडलहाउस(घर) बिषयमा
युनियनद्वारा सिनियर बेसिसमा
दिन पर्ने अनि सिन्कोना बगान
अग्नि पीडित श्रमिक कर्मचारीवर्गको
घरहरुलाई प्रथामिकता दिएर
झट्टै निर्माण गरिनपर्ने
कुरा राखियो | आजको वार्तामा
निर्देशकबाट प्राप्त जानकारी
अनुसार ग्रुप डीको नियुक्ती
प्रस्ताव पत्र निर्देशालयबाट
हिल एफिएर्स समक्ष पेश गरिएको
थियो तर जीटीएद्वारा मुद्दा
दर्ता गरिएकोले हालमा नियुक्तमा
बाधा भईरहेको जानकारी प्राप्त
भयो | उक्त रीक्रुटमेन्ट रुल
अनुसार चालीस बर्ष सम्म उमेर
पुगेका मजदुरले मात्र पद्दोंन्नती
पाउन सक्ने अनि अन्य उप्रान्त
४२ बर्ष देखि माथि पुगेका मजदुरले
पद्दोनत्ती पाउन नसकिने भएको
कारण नै हिल एफियर्समा उक्त
फाईल अल्झिएको बगान निर्देशकबाट
थाहा पाएपछि दार्जीलिङ सिन्कोना
प्लान्टेशन वाकर्स युनियन
अनि दार्जीलिङ हिल तृणमूल कग्रेसले
हिल एफियर्स सम्म पुगेर उचित
पहल गर्ने अनि सम्बन्धित विभागका
मन्त्री संग भेटवार्ता गरि
चाड़ै समस्याको समाधान गरिने
निर्णय लिईयो | अहिलेको नोटबन्दीमा
मजदुरहरुले वेतन पाउन धेरै समस्या भोग्नु परेकोमा युनियनले
मङपुमा भारतीय स्टेट ब्यांकको
शाखा खोलिनु पर्ने मांगको प्रस्ताव
दिए वापत निर्देशकले सम्बन्धीत
विभागलाई चाडै नै पत्रचार गरिदिने
आश्वशन दिए | सभामा दार्जीलिंङ
हिल तृणमूल कग्रेस नारी एकाई
सभानेत्री शारदा सुब्बा,सचिवा
रेजिना गुरुङ, पार्टी यु एकाई
सभापति बिष्णु गोले,टी वर्कर
दार्जीलिङ युनियन सभापति जे.पी
तामाङ,सचिव शेखर प्रधान,दार्जीलिंङ
सिन्कोना प्लान्टेशन वाकर्स
युनियन सहसचिव सुजित राई, तृणमूल
कग्रेस दार्जीलिंङ तक्दा आरआर
ब्लक सचिव पवन बल,साथै पार्टी
प्रतिनिधि शरद थापा,दिब्य गुरुङ,अल्फा
थापा अन्य कार्यकर्ताहरु उपस्थित थिए |

Post a Comment
We love to hear from you! What's on your mind?