मङपु विभागीय फूटबल अकादमीको तत्वधानमा विगत २०१० देखि संचालन हुँदै आइरहेको शीतकालिन फूटबल प्रशिक्षण शिविर यस वर्ष आगमी २५ दिसम्बरदेखि शारदा उच्च विधालय नजिक विभागीय जन मैदानमा हुने जानकारी छ | ज्ञात रहोस यस अकादमीले बर्तमान नानीहरुलाई समाजका विभिन्न कुलत अनि कुमार्गहरुबाट टाडा रहोस भन्ने उदेश्यले खेलको मध्यमबाट आफ्नो जीवन साथै शरीरलाई तन्दरुस्त बनाउने सोंच लिएर यस प्रकारको शिविर प्रति वर्ष गर्दै आइरहेको छ | विधार्थी नानीहरुलाई शीतकालिन छुट्टीमा फुटबल खेलको तक्निकीय ज्ञान साथै अनुशासनबद्ध बनेर कसरी खेल्न सकिन्छ सो ज्ञान शिविरमा दिने गरिन्छ | मङपु विभागीय खेलकुद अकादमीले इच्छुक नानीहरुलाई दिसम्बर २५ तारिख बिहान खेलमैदानमना आठ बजे भित्र उपस्थित भइदिने अकादमीका किशोर थापाले जानकारी गराएको छ | शिविरबाट प्रशिक्षण पाएका नानीहरु २०१४ मा स्वतन्त्रता दिवस च्यालेन्ज कप बिजेता बनेका थिए भने यस प्रशिक्षणको फाइदा उठाउन मङपु विभागका नानीहरु बाहेक अन्य विभागका नानीहरुले पनि उठाउन सक्ने जानकारी अकादमीको पक्षमा बुद्ध कुमार थापाले जनाएको छ ||
शीतकालीन फुटबल प्रशिक्षण शिविर शुरु हुने
24Dec2016
Post a Comment