अखिल भारतीय तामांग बौद्ध संघ द्वारा आयोजित 32 औं वार्षिक अधिवेशनको तेश्रो दिन आज सुबास तितुङको अध्यक्षतामा सम्पन्न भयो जहाँ तामांग बिकास बोर्ड चेयरम्यान संजय मोक्तानको मुख्य आतिथ्य रहेको थियो | तेश्रो दिनको मुख्य आकर्षण तामांग सुन्दरी प्रतियोगिता रहेको थियो जसमा दार्जीलिंग पहाडका विभिन्न क्षेत्रका 40 भन्दा अधिक 21 वर्ष मुनिका तामांग सुन्दरीहरुले अंश ग्रहण गरेका थिए | कमला लामा, उषा तामांग, पालका सिंगर, शर्मिला मोक्तान अनि सृजना शर्मा निर्णायक रहेको सुन्दरी प्रतियोगिताको विभिन्न राउण्डहरुमा चयन हुँदै सोनादा निवासी याङकी बलले पहिलो स्थान ओगट्न सफल भइन | यसरी नै दोश्रोमा मङपु लाब्दा विभाग का सुरक्षा तामांग अनि तेश्रो स्थानमा मङपु बिजकमानका साङ्गडोल्मा तामांग चयन गरिएको थियो |
कार्यक्रममा दार्जीलिंग पहाडभरिका सामाजिक योगदान दिने अनि विशिष्ट उपलब्धि कमाउने तामांग व्यक्तिहरुलाई सम्वर्धना पनि जनाइयो जसमा कर्म योन्जन, सुरेन्द्र थिङ, नरेन्द्र योन्जन, रबिना तामांग, केसाङ तामांग, डा० सुदर्शन तामांग, मेघना तामांग, स्वेपा लामा, सुमुना लामा लगायत थुप्रै व्यक्ति – व्यक्तित्वहरु सम्बर्धित बनेका थिए |
दिउँसोको. कार्यक्रममा विभिन्न क्षेत्रका कलाकारहरुले नृत्य, गीत आदि प्रस्तुत गरेका थिए जसमा एबीएन च्यानलका रामकृष्ण शर्माको पनि छोटो प्रस्तुति रहेको थियो | आयोजक समितिले मङपु क्षेत्रका बिसिष्ट उपलब्धि कमाएका व्यक्तिहरुलाई पनि सम्बर्धना जनाएका थिए | कार्यक्रमलाई तामांग बिकाश बोर्डका चेयरम्यान संजय मोक्तानले पनि सम्बोधन गरेका थिए जसले अधिवेशन आयोजक समितिलाई बधाई दिंदै तामांग जातिले हरेक काम संगठित भएर नै गर्नु पर्ने आसय प्रकट गर्दै आयोजक समितिका सभापति सचिवलाई खादा अनि टोपी लगाई सम्मान जनाएका थिए | समाचार लेखुन्जेलसम्म रात्रीको कार्यक्रममा रिसिका लामाको सांगीतिक प्रस्तुति रहने जानकारी थियो ||

Post a Comment
We love to hear from you! What's on your mind?