सिम्ले युनाइटेड बोइज क्लबको तत्वधानमा मङपु विभागीय जन मैदानमा सम्पन्न भइरहेको स्वर्गीय निरुकला तामांग स्मृति ट्रफी नक आउट फूटबल टुर्नामेन्टको दोश्रो क्वाटर फाइनल म्याच सम्पन्न भएको छ | अपार दैर्शकहरुले भरिएको जन मैदानमा मगरजोङ एफसीले एनवाइसी सेभोकको सामना गर्न परेको थियो | शुरुदेखि नै दर्शकहरुको मन जित्ने होडमा दुवै दलले कुनै कसर बाँकी राखेनन् | सिलिगुडीका नामी खेलाडीहरु लिएर उत्रेको एनवाइसी सेभोकले मगरजोङ एफसीलाई ह्याकुलाले मिच्ने सपना देखे पनि नेपालका लडाकु खेलाडीहरु साथ मैदानमा उत्रेका मगरजुङ एफसीले एनवाइसी सेभोकको सपना चकनाचुर पारेका थिए | दुवै टीमले बारबार आक्रमक प्रहार विपक्षीको गोल पोस्टमा गरे पनि एनवाइसीको भाग्य उदाउन सकेन | फलत: निर्धारित समायावधि भित्र मगरजुङ एफसीले दुई गोल गरिसक्दा एनवाइसीले केवल एक गोल सुलाउन मात्र भ्याए | यसरी निर्णायकले एक गोलको बिरुद्ध दुई गोल गर्ने मगरजुङ एफसीलाई आजको बिजय दल घोषित गर्दै सेमीफाइनलको टिकट दिएको छ | अब एकैचोटि २१ जनवरीको दिन सेमीफाइनलमा पेदोङले तकलिङ एफसीको सामना गर्नुपर्ने छ भने मगरजोङले प्रशान्ति ग्रामको चुनौतीलाई स्विकार्नु पर्नेछ | सिम्ले युनाइटेड बोइज क्लब द्वारा चलिरहेको यस स्वर्गीय निरुकला तामांग स्मृति ट्रफीको चुडान्त खेल आगमी २६ जनवरी गणतन्त्र दिवसको दिन सम्पन्न हुनेछ भने बिहानको १०:३० बजे उसो स्थानीय कलाकारहरु द्वारा सांगीतिक कार्यक्रम गर्दै फाइनल खेलको शुभआरम्भ गर्ने जानकारी आयोजक समितिको पक्षमा अरिफ मंगरले बताएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?