प्रत्येक
वर्ष नालीडांडा ब्यापारी संगठनको
कुशल नेतृत्वमा नालीडांडा
क्षेत्रका बिशेष: पीडब्ल्युडी
बङलो फाटकदेखि मङपु बस स्ट्याण्ड,
अस्पताल जाने बाटो, गुम्बा
परिसर, सार्वजनिक सौचालय क्षेत्रभरि
सफाई अभियान गर्दै आइरहेको
छ भने यसवर्ष पनि नालीडांडा
बजारका नागरिकवर्ग, ब्यापारीवर्ग,
नाली डांडा व्यापारी संगठनका
सम्पूर्ण सदस्यवर्ग तथा मरिया
इन्स्टीट्युटका विधार्थीवर्गले
ती स्थानहरुको साफ सफाई गरेको
छ | बिहानदेखि नै परिसरमा साफ
सफाई, झारहरु गोडगाड, नालीहरु
सफा गर्दै परिसरलाई सफा बनाएको
छ | सफाई अभियानलाई अझ सफल बनाउन
संगठनलाई सहसचिव ललिता तामांगले
मास्क र प्लास्टिक पन्जाहरु
प्रदान गरेका थिए भने उपसभापति
डिकी डोल्मा शेर्पा तथा अन्यान्य
सदस्यहरुले तातो तातो चिया
उपलब्ध गराएर अभियान सहयोग
साथै सबैलाई प्रोह्त्सान दिएका
थिए | उसरी नै फाटक भ्यान चालकहरुले
पनि अभियानमा सहयोग पुराए |
उक्त सफाई अभियानमा दाल्जोर
कम्पनी साथै कुमार छेत्रीले
पिकअप भ्यान दिएर सफाई कार्यक्रममा
थप सहयोग दिएका थिए | सफाई कार्यक्रममा
हात र साथ बांटने सम्पूर्णलाई
संगठन सभापति डीएस प्रधान साथै
सभापति बुद्ध कुमार थापाले
हार्दिक धन्यबाद दिंदै नालीडांडा
परिसरलाई सबैले नै स्वस्छ अनि
सफा राख्ने अपिल गरेका छन्
||

Post a Comment
We love to hear from you! What's on your mind?