आज गणतन्त्र दिवसको उपलक्ष्यमा शान्ति धुरा खेलकुद संघ द्वारा बाल खेलकुदको आयोजन गरिएको थियो | विगत ८० – ९० को दसकमा यसै मैदानमा खुबै धुमधाम साथ गणतन्त्र दिवस पालन गरिन्थ्यो भने पछि केही कारणवश सो कार्यक्रमहरुमा विराम लागेपनि केही वर्षदेखि फेरि गाउँका युवाहरुको कुशल प्रयासमा त्यसै कार्यक्रमलाई फेरि निरन्तरता दिने काम भएको छ | आज सम्पन्न खेलकुद कार्यक्रममा विभागका नानीहरुलाई लिएर विभिन्न दुरीका दौडहरु, भाले जुझाई, सन्तुलन दौड, चट्टी नघाई लगायत म्याराथन दौड जस्ता रोचक खेलहरुको पनि आयोजन गरिएको थियो | यसरी नै कार्यक्रम अवधि रोमान्चक नृत्यहरुको पनि प्रस्तुत गरिएको थियो भने साँझमा स्थानीय कलाकारहरु द्वारा सांगीतिक कार्यक्रम साथै नृत्यहरु पनि प्रस्तुत गरियो | लाब्दा विभागीय ग्याङमेन मदन तामांगको अध्यक्ष्यतामा सम्पन्न आजको खेलकुद कार्यक्रममा ग्राम सेवक प्राथमिक पाठशाला प्रधान अध्यापिका विन्ध्या गोतामेको प्रमुख आतिथ्य रहेको थियो भने विशिष्ठ अतिथिको रुपमा सिन्कोना पुर्ब निर्देशक डा० जीसी सुब्बा उपस्थित थिए | अन्य अतिथिको रुपमा गोजमुमो लाब्दा मङपु समष्टि सभापति उर्गेन शेर्पा, सचिव रतन लामा लागायत गाउँका वरिष्ठ व्यक्तिहरुमा उदय पाख्रिन, जीएम बल, नरेन्द्र राई, डीएस प्रधान, कमल थापा, किरण पाख्रिन आदि उअपस्थित रहेका थिए | भानु राई द्वारा स्वागत सम्भाषण राखिएको कार्यक्रमलाई बीबी प्रधान, मुनाल घिसिंग, बानिरा गोतामे आदिले संचालन गरेका थिए | विभागको यस विराट कार्यक्रमलाई सहयोग गरिदिए वापद बिशेष गरेर गोजमुमो अध्यक्ष बिमल गुरुङ लगायत क्षेत्रीय सभासद रतन थापा साथै सम्पूर्ण गाउँबासीलाई आयोजक समितिले हार्दिक कृतज्ञता प्रकट गरेको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?