अखिल भारतीय तामांग बौद्ध संघ द्वारा आगमी २१ जनवरी देखि सम्पन्न हुन लागेको ३२ औं वार्षिक अधिवेशनको तयारीले अन्तिम रुप लिसकेको छ | यस अधिवेशनको उद्घाटनी कार्यक्रम स्वरूप २१ जनवरीको दिन यहाँको नालीडांडामा अवस्थित डीन्छेन शेरप छोइलिङ गुम्बामा विधिवत पुजा अर्चना गर्दै त्यहाँदेखि नै धार्मिक शोभायात्रा साथै बौद्ध सांस्कृतिक झाँकीहरुको रयाली निकालिनेछ जुन रयाली अन्तमा मङपु जनमैदानमा पुगी मुख्य अधिवेशन कार्यक्रममा सामेल हुनेछ | पहिलो दिनको कार्यक्रममा मुख्य अतिथि सिक्किम राज्यका एसकेएम अध्यक्ष पीएस गोले रहनेछ भने यसै दिन भारतको विभिन्न शाखाहरुबाट आएका प्रतिनिधिहरुले प्रतिवेदन बुझाउने कार्य हुनेछ | बेलुकीको कार्यक्रममा मङपुका लामा कुनसाङ पाख्रीन द्वारा पवित्र प्रवचन प्रस्तुत गर्दै रात्रीको कार्यक्रममा सिक्किम नाम्चीका कलाकार अनिता मोक्तान साथै विभिन्न शाखाबाट आएका कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने भएको छ | यसरी नै दोश्रो दिनको कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन कार्यपाल बिमल गुरुङको मुख्य आतिथ्य रहनेछ भने बिहानको धार्मिक कार्यक्रम अन्तर्गत रङली गुम्बाका लामा दावा वाङगेलबाट पवित्र प्रवचन, म्हानी म्ह्लम गर्दै बेलुकीको कार्यक्रममा ख्येन रिम्बोर्छे साङगे लोडो जयगाउँबाट नामथार सम्पन्न गरिने छ | यसरी नै बेलुकीको कार्यक्रममा काठमाण्डौ नेपालका चर्चित तामांग सेलो गायक रोज मोक्तानको सांगीतिक प्रस्तुत रहने आयोजक समितिले जानकारी दिएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?