मङपुको लाब्दा बस्तिका स्थानीय मानिसहरुलाई लिएर लाब्दा जीपीएसकेयुएसलिको केयरम्यान एके राईको सभापतित्वमा डिजीटल विक्तिय साक्षरता कार्यक्रम विषय जनचेतना कार्यक्रम लाब्दा निम्न बुनियादी पाठशाला भवनमा सम्पन्न भयो | उक्त कार्यक्रम नावार्ड, दार्जीलिंग कोअपरेटिभ ब्यांक साथै लाब्दा जीपीएसकेयुएसलिको संयुक्त आयोजनामा गरिएको थियो | कार्यक्रममा नावार्डबाट रिसोर्स पर्सन डा० दिवाष्कार राई, समिका गुरुङ, लतिका सुब्बा अनि दार्जीलिंग कोअपरेटिभ ब्यांकबाट प्रवन्धक शीव कुमार राईको बिशेष उपस्थिति थियो | कार्यक्रमलाई सहजै जानकारी गराउनको निम्ति उक्त विषयबस्तु माथि आधारित चलचित्रको प्रदर्शन गरिएको थियो | यसरी भारत सरकारबाट प्रत्येक गाउँबस्तितिरको साधारण जनतालाई यस विषयमाथि जनचेतना दिने कार्यक्रम लगातार रुपमा भइरहेछ | यसरी यस कार्यक्रममा स्थानीय जनसाधारणले धेरै लाभ उठाएको जानकारी लाब्दा जीपीएसकेयुलिका सचिव उत्तम मुखियाले जनाएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?