गत शनिबार स्थानीय रोय बङलोमा गोर्खा जनमुक्ति मोर्चा मङपु लाब्दा समष्टिको सांगठानिक सभा समष्टि अध्यक्ष उर्गेन शेर्पाको अध्यक्षता अनि क्षेत्रीय सभासद रतन कुमार थापा को बिशेष उपस्थितिमा समपन्न भयो | सभालाई संचालन गर्दै समष्टि सचिव रतन लामाले बर्तमानमा समष्टि अधिनस्थ सम्पूर्ण शाखाहरुको सांगाठानिक गतिविधि बारे चर्चा गर्नु नै सभाको मूल विषय रहेको जनाए | आ – आफ्नो शाखाको स्थिति अनि समस्या लिएर सिन्कोना तीन माइल शाखा सचिव हिकमत राज शर्मा, लाब्दा बस्ति शाखा सचिव विवेक छेत्री, विचकमानबाट सचिव सुजित तामांग, मङपु विभाग सचिव लिलाबहादुर छेत्री, रेशेप बजार सचिव निर्मल थापा, रेशेप शाखा सभापति रुपास बोम्जन, हाइवेबाट प्रतिनिधि सुकबीर चामलिंग, रङजु भेल्लीबाट विवश थापा आदिले आफ्नो शाखाको जानकारी दिंदै कतिपय शाखाहरु आज पर्यान्त विकासदेखि विमुख रहेको गुनासो पोखाए भने कतिपय शाखाका प्रतिनिधिले आफ्नो क्षेत्रमा भएको विकासको निम्ति पार्टी, सभासद अनि अध्यक्ष बिमल गुरुङलाई धन्यबाद जनाए | सम्बोधनको क्रममा केन्द्रीय समिति सदस्य मिरेन लामाले गोर्खाहरुको मूल मुद्दा दबाउन सरकार पूर्ण रुपले लागिपरेको बताउँदै यतिबेला पार्टीभित्रका नेतृत्वहरु अनि समर्थकहरु सचेत हुनपर्ने आह्वान गरे | आफ्नो कुरा राख्दै लामाले कालेबुंग जिल्ला निर्माण गरेकोमा हर्ष प्रकट गर्दै अब दुईवटा जिल्ला भइसकेकोले छुट्टै राज्य गोर्खाल्याण्ड मागको अझ प्रभाव बढेर जाने बताए तर जनाधार भएको पार्टी गोजमुमो अध्यक्ष एवम जीटीए मुख्य कार्यपालसित कुनै सम्पर्क र सुझाव नराखी जिल्ला निर्माण गरेकोमा सरकारप्रति शंका व्यक्त गरे | बर्तमानमा पश्चिम बङ्गाल सरकार अध्यक्ष बिमल गुरुङको शक्तिलाई कम्जोर गराउन सकभर लागिपरेको र यो प्रयासलाई सफल पनि आफ्नै गोर्खे सन्तानका मानिसहरु बोर्डको पछाडि झण्डा फेर्ने काम गरेकोमा दुख व्यक्त गर्दै गोरामुमो, जाप र अन्य पार्टीहरु तृणमूलसित साँठगाँठ राखेर अघि बढेकोले मोर्चा बाहेक अन्य पार्टी गोर्खाल्याण्ड मुद्दा प्रति इमान्दार नरहेको किटानसम्म गरे | मङपु लाब्दा समष्टि सभासद रतन कुमार थापाले पनि आफ्नो सम्बोधनमा गोजमुमोले पार्टी मात्र नगरेर मुद्दा पनि बोकेर हिंडेकोले कतिपय समस्या र संघर्षहरु आइपरेको र यस्तो समस्याको सामना गर्दै पनि गोर्खाल्याण्डको मुद्दालाई सफल पार्न अध्यक्ष गुरुङ लागिपरेको कुरा जनाए | बोर्डलाई अस्त्र बनाएर सरकारले गोर्खा जातिलाई टुक्रा टुक्रा पारिरहेको र हाम्रै सन्तानहरु क्षणिक लोभ र लालचमा डुबेर खुशीयाली मनाएको तर यो गल्तिले गोर्खाहरुको भविष्य अन्धकार भएर जाने चिन्ता व्यक्त गर्दै समय हुँदानै सबै जागरुक हुने अपिल गरे | मङपु लाब्दा समष्टिलाई अध्यक्ष गुरुङले पूर्ण मान्यता दिंदै आइरहेको कुरा राख्दै मङपुमा धेरै विकासमुलक कामहरु पनि भएको ठोकुवा समेत गरे | गोरामुमो शासनकालमा विकासदेखि विमुख मङपुलाई आज गोजमुमोको शासनकालमा हेर्दै धेरै बिकाश भएर गएको पनि सबैले मुल्यांकन गर्ने अनुरोध गरे | पहाडको विभिन्न समष्टिबाट झण्डा फेर्ने काम भइरहेको बेला यो समष्टिका जनताहरु सचेत भएकोले आजपर्यान्त पार्टी र अध्यक्ष गुरुङ प्रति आस्था राख्दै अडिक भएर बसेको आजको उपस्थितिले नै प्रमाण दिएको तिनले बताए | अझ संगठनमा जिम्मेवारी बहन गरेर बसेका पदाधिकारीहरुले पनि सक्रियरुपमा आफ्नो कर्तब्य पालन गर्ने र मिलेर संगठनलाई शक्तिशाली बनाउने सल्लाह दिए | यही सभामा सभासदले आगमी बीस दिनभित्रमा मङपु लाब्दा समष्टि नारी मोर्चा गठन गर्ने जिम्मेवारी पनि समष्टि कमिटिलाई दिएको छ | उनले अझ कति ठाउँमा गर्नुअर्ने बिकासमुलक काम पनि गर्ने बचन दिंदै गोर्खाल्याण्ड मुद्दाको निम्ति अध्यक्ष बिमल गुरुङले भारतका प्रधानमन्त्रीलाई दिएको ज्ञापन पत्रबारे पनि संक्षिप्तमा सबैलाई जानकारी गराए | यसरी नै अध्यक्षीय सम्भाषण राख्दै उर्गेन शेर्पाले सम्पूर्ण उपस्थितिलाई धन्यबाद दिए भने टीमवर्कले संगठन दह्रिलो हुने कुरा राख्दै गोर्खाल्याण्डको निम्ति संधै सबै एकत्रित हुने आह्वान गरे | उनले सम्पूर्ण शाखा प्रतिनिधिहरुले अब सभा डाकेर बर्तमान सांगाठानिक गतिबिधि माथि चर्चा गर्ने आह्वान गर्दै आगमी दिनहरुमा पनि यसरी नै सक्रीय भएर सभामा उपस्थित भइदिने अपिल गरे | उनले अझ पदमा बसेर निष्क्रिय रहनेहरुलाई निष्कासित गर्न परे पनि पछि नहट्ने मन्तब्य राखे | सभामा दातडुप्लालेयु केन्द्रीय समिति महासचिव गगन राई, कानुनी सल्लाहकार राम पोख्रेल, प्रमुख सल्लाहकार प्रदीप छेत्री, कोषाध्यक्ष भुपाल मोक्तान, उपसभापति विसाल डुक्पा, सहसचिव अजय छेत्री, जीपीटीओ सर्कल सचिव सुदेश थापा, समष्टि सहसचिव किरण थापा, नारी मोर्चा प्रतिनिधि मिरा दाहाल, सुर्यमणि राई, बुनु थापा, जयन्त गिरी, युवा मोर्चा अध्यक्ष विकास गुरुङ, उपाध्यक्ष मुकेश थापा, जेएसटीओ सभापति कमल छेत्री, युनियन मङपु जोन अध्यक्ष सुरेन राई, सचिव किशन बुडाथोकी, प्रचार प्रसार सचिव बुद्ध कुमार थापा अनि अन्यको उपस्थिति रहेको जानकारी युवा मोर्चा प्रवक्ता अनित खातीले दिएको छ ||
मोर्चा मङपु लाब्दा समष्टिको सांगाठानिक सभा
26Mar2017
Post a Comment