नो स्मोकिङ जोन अब मङपुमा पनि

No smoking zone  in mungpoo
केही महिना अघि मात्र पहाडको विभिन्न शहरहरुमा धुम्रपान निषेध क्षेत्र घोषणा गर्दै सार्वजनिक स्थलहरुमा खुल्ला धुम्रपान सेवन गर्न माथि प्रशासनले प्रतिबन्ध लगाएको थियो भने यही अभियान मङपुमा पनि आइपुगेको छ | मङपु पुलिस आउटपोस्टले बिशेष गरेर यहाँको मुख्य जनस्थल नालीडांडा बजारमा “नो स्मोकिङ जोन” लेखिएको पोस्टरहरु टाँसेर खुल्ला सिगरेट पिउनमा प्रतिबन्ध लगाएको छ | यो पोस्टर टाँसेदेखि यता कोही नौलो मानिसहरुले खुल्ला धुम्रपान गरेको देखिएमा आउटपोस्ट प्रभारी एम हुसैन स्वयले सम्झाइ बुझाई यसरी सार्वजनिक स्थलमा खुल्ला धुम्रपान नगरिदिने अपिलसम्म गरेको देखिएको छ | वस्तुत: धुम्रपान सेवन गर्ने भन्दा बेसी असर छेउछाउमा बस्ने मानिसहरुलाई पर्ने जानकारी भएकोले यसरी सार्वजनिक स्थलहरुमा खुल्ला रुपमा धुम्रपान नगरिदिनाले सम्पूर्णलाई नै लाभ हुने मानिएको छ | यस्तै प्रकारले मङपु पुलिस आउटपोस्टले जनहितको निम्ति विभिन्न कार्यक्रमहरु गरेको कुरो अर्वविधितनै छ भने बर्तमान यो कदम पनि सराहनीय छ जसलाई सम्पूर्ण मङपुबासीले साथदिन उच्चित रहने बुझिएको छ ||

केही महिना अघि मात्र पहाडको विभिन्न शहरहरुमा धुम्रपान निषेध क्षेत्र घोषणा गर्दै सार्वजनिक स्थलहरुमा खुल्ला धुम्रपान सेवन गर्न माथि प्रशासनले प्रतिबन्ध लगाएको थियो भने यही अभियान मङपुमा पनि आइपुगेको छ |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.