सिन्कोना सहायक संगठनले अझ प्रभावशाली कार्यक्रमहरु गर्ने

Cinchona workers
सरकारी सिन्कोना बगानमा दीर्घ दिनदेखि बन्द भएको ग्रुप डी नियुक्ति प्रक्रियालाई सिन्कोना बगानको ऐतिहासिक परम्परागत तौरमा यथाशिघ्र सुचारु गराउने एक शुत्री माग लिएर निर्देशालय सिन्कोना एवम अन्य औषधीय पौधाहरु अधिनस्थ चारवटा बगान मङपु, लाठपन्चर, रोंगो अनि मनसोङ साथै तीनवटा कारखाना कारखाना लगायत सम्पूर्ण कार्यलयहरुमा एक मजदुरको न्युनतम रोज्मा पनि बिशेष जिम्मेवारी वहन गर्दै आइरहेका समस्त भुक्तभोगी सहयकवर्गको एक क्षत्र संगठन सहायक संगठनले आफ्नो मागलाई प्रभावशाली बनाउन जोनल कमिटिहरुको गठनपछि अब सिन्कोना बगान अधिनस्थ १४ वटै बिभागहरुमा आफ्नो शाखा समितिहरु गठन गर्ने क्रममा गत २२ अप्रेलको दिन सरकारी सिन्कोना बगान मङपु अधिनस्थ रन्जुभेल्ली विभाग शाखा समिति गठनपछि पूर्ण भएको छ |
सहायक संगठनको निर्माणपछि संगठनले सिन्कोना बगानमा बन्द रहेको ग्रुपडी नियुक्ति प्रक्रियालाई यथाशिघ्र सुचारु गराउन पर्छ भनि बगानको व्यवस्थापकवर्ग हुँदै निर्देशकलाई पनि भेटवार्ता गरि ज्ञापनहरु चडाइसकेपछि गत महिना मिरिक भ्रमणमा आएकी राज्यकी मुख्यआमन्त्रीलाई पनि सो विषयमा सकारात्मक पहल गरिदिने निवेदन संगै ज्ञापन चडाइ सकेको छ भने गत सप्ताह फेरि संगठनको केन्द्रीय समितिको प्रतिनिधिवर्गको उपस्थितिमा जीटीए मुख्य कार्यपाललाई पनि भेटवार्ता गरी अर्जी चडाएको छ | मुख्य कार्यपाल अनुसार राज्य सरकारबाट पूर्णरुपले जीटीएमा हस्तान्तरित डिपार्टमेन्ट भएकोले सिन्कोना बगानको जटिल समस्याहरु पूर्णतया उनलाई ज्ञात भइसकेको अनि स्वय यसमा लागिपरेर सिन्कोनाको उक्त समस्याको झट्टै समाधान गरिदिने बचन संगठनलाई दिएको छ | साथै सिन्कोना बगानको सो जटिल समस्याको समाधान हेतु जीटीए सभाले प्रस्ताव पारित गरिसकेको पनि संगठनलाई जानकारी गराए |
सिन्कोना बगानमा यस विशुद्ध अराजनैतिक संगठनको निर्माण भएदेखि उसो विभिन्न राजनैतिक संगठनहरुसंग संलग्न ट्रेड युनियनहरु पनि सहायक संगठन प्रति आकर्षित बन्दै गइरहेको साथै संगठनकै एक शुत्री मागलाई नै उनीहरुले आफ्नो एजेण्डा बनाउंदै अघिबढ्न थालेको संगठनले महसुस गरेको छ | सिन्कोना बगानको उक्त जटिल समस्याको समाधान हेतु राजनैतिक हिलो छेपाछेप देखि टाडा रहेर अब सम्पूर्ण राजनैतिक पार्टी र यसको ट्रेड युनियनहरु आफ्नो सही धर्म निभाउंदै एउटा मंचमा आइ आवाज उठाउन पर्ने सुझाव संगठनले राखेको छ |
सिन्कोना अस्थायी श्रमिकको संगठनले पनि सहायक संगठनको मागलाई समर्थन जनाएकोले संगठन थप शक्तिशाली बनेको छ भने सहायक संगठनको पक्षबाट पनि अस्थायी श्रमिकहरुको मागलाई पूर्ण समर्थन जनाएको छ | सहायक संगठनको माग पुरा हुन साथ अस्थायी श्रमिकहरुले पनि स्थायीकरण पाउने तकनिकी सत्य रहेको हुनाले उक्त दुई संगठनहरुको हिड्ने बाटो अलग रहेपनि लक्ष्य प्राय एउटै रहेको छ | यी दुई संगठनहरुको गठनले आज बगान र बगानमा अस्तित्वमा रहेको राजनैतिक पार्टी र ट्रेड युनियनहरुमा पक्कै एउटा कम्पन पैदा गरेको छ | आजपर्यान्त केवल आश्वासनले थकित भइसकेको भुक्तभोगीहरुको संगठनले अब कसैको लोलोपोतोमा पटक्कै नआउने साथै कसैको आश्वासन भन्दा व्यवहारिकता र कर्ममा मात्र बिश्वास गर्ने संगठनको अडान स्पष्ट छ | आगमी दिनहरुमा संगठनले जोडदार रणनीतिको साथ कार्यक्रमहरु गर्न हेतु गत दिनांक २३ अप्रेल स्थानीय मालबजारको एउटा पार्कमा केन्द्रीय समिति सभापति साङदोर्जे तामांगको सभापतित्वमा एक बिशेष सभा गरी प्रभावशाली कार्यक्रमहरु गर्ने प्रस्ताव पारित गरेको केन्द्रीय समिति मूल सचिव मुनाल घिसिंगले जानकारी गराएको छ ||

सरकारी सिन्कोना बगानमा दीर्घ दिनदेखि बन्द भएको ग्रुप डी नियुक्ति प्रक्रियालाई सिन्कोना बगानको ऐतिहासिक परम्परागत तौरमा यथाशिघ्र सुचारु गराउने एक शुत्री माग लिएर निर्देशालय सिन्कोना एवम अन्य औषधीय पौधाहरु अधिनस्थ चारवटा बगान मङपु, लाठपन्चर, रोंगो अनि मनसोङ साथै तीनवटा

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.