लाब्दा गुम्बामा तीन दिवसीय धार्मिक कार्यक्रम संगै बुद्ध जयन्ती हुने

2561 Buddha Jayanti in Labdah Gumba
दोङाग् छ्योलिंग सार्वजनिक बौद्ध गुम्बा लाब्दा विभागको आयोजनामा यस वर्ष पनि अहिंसाको पुजारी भगवान बुद्धको २५६१ औं जयन्ति धुमधामको साथ सम्पन्न हुने भएको छ | बुद्ध जयन्तिको अवसरमा छ्योतेन गुम्बा देवराली सिक्किमका पावन टुल्कु तेन्जी लुंगतोक फेल्गीबाट रिग्जिन छेवाङको महत्वपूर्ण अभिषेक पनि हुन गइरहेको छ | हरेक वर्ष भब्य रुपमा बुद्ध जयन्ती पालन गर्ने यस गुम्बामा आगमी ८ मईदेखि १० मईसम्म धार्मिक कार्यक्रम हुनेछ भने ८ मईको दिन दोमाङ पाठ, ९ मईको दिन होम यज्ञ अनि १० मईको दिन पुस्तक परिभ्रमण तथा बुद्ध जयन्ती समारोह एवम अभिषेक वितरण कार्यक्रम हुनेछ | हरेक दिन बिहानको ८ बजेदेखि कार्यक्रम शुरु हुने भएकोले यस तीन दिवसीय धार्मिक अनुष्ठानमा सम्पूर्ण भक्तजन तथा सम्पूर्ण धर्मावलम्बीलाई पुण्यार्जन गर्न आयोजक समितिले हार्दिक निमन्त्रण टक्राएको छ |

दोङाग् छ्योलिंग सार्वजनिक बौद्ध गुम्बा लाब्दा विभागको आयोजनामा यस वर्ष पनि अहिंसाको पुजारी भगवान बुद्धको २५६१ औं जयन्ति धुमधामको साथ सम्पन्न हुने भएको छ | बुद्ध जयन्तिको अवसरमा छ्योतेन गुम्बा देवराली

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.