स्थायीकरणको माग गर्दै सिन्कोना सिजनल लेबरको महासंगठन गठन

Cinchona seasonal labour sangathan
सिन्कोना बगानमा आजपर्यान्त कार्यरत सिजनल लेबरहरु स्थायीकरणको माग गर्दै हरेक सिन्कोना विभागमा अराजनैतिक संगठन बनाउने कार्य चल्दा चल्दै यसै महिनादेखि सिजनल लेबरहरुको वर्क अर्डर नआएपछि आज मङपु सिन्कोना बगानको पाँचैवटा विभागका सिजनल लेबर संगठनलाई लिएर एउटा महासंगठन गठन गरियो | अब महासंगठनले सिजनल लेबरको हक र अधिकारको निम्ति संगठित भएर कार्य गर्ने भएको छ अर्कोतिर पदोन्नतिको निम्ति आन्दोलित सहायक संगठनको माग पुरा नभएसम्म सिजनल लेबरलाई स्थायीकरण गर्न नसकिने हुनाले यो महासंगठनले हेल्पर संगठनको मागलाई पूर्ण समर्थन गर्दै आफ्नो पक्षबाट पनि झट्टै सिन्कोना व्यवस्थापक अनि निर्देशक समक्ष माग पत्र पेश गर्ने भएको छ भने अन्य प्रभावशाली कार्यक्रमहरु पनि गर्दै जाने योजना रहेको छ | कुनै पनि व्यक्ति बिशेष अनि राजनैतिक दलहरुको गल्तिको फल निर्दोष सिजनल लेबरहरुले भोग्न कतिको जायज छ र आज आएर लेबर स्ट्रेन्थ बेसी भयो भन्छ भने लेबर स्ट्रेन्थ बढेर जाँदासम्म सम्बन्धित अधिकारीहरु किन चुप बस्यो भन्दै सभामा व्यापक चर्चा भयो र सिजनल लेबरहरुको समस्याको समाधान पनि अब सम्बन्धित विभागले नै गरिदिएको हुनुपर्छ भन्दै वक्ताहरुले कुरा राखे | यहाँको रोय बङलोमा बिचकमानका सिजनल लेबर रहरमान राईको सभापतित्वमा सम्पन्न सभालाई संचालन गर्दै लाब्दा विभाग सिजनल लेबर संगठन सचिव राजेश थापाले आजसम्म सिजनल लेबरको समस्यालाई कुनैपनि पार्टीले निर्मुल गर्न नसकेको कारण नै यो महासंगठन पूर्णरुपले अराजनैतिक भएर निस्कनु बाध्य भएको जनाए | राजनीति गर्नु व्यक्तिगत विचार हो तर संगठन भित्र बसेर राजनीति गर्नु हुँदैन, झण्डा थाप्दैमा हाम्रो समस्याको समाधान नहुने ठोकुवा गर्दै धेरै बिरालो मुसा नमारी भने झैं आज राजनैतिक पार्टीहरु धेरै भएको कारण नै हाम्रो समस्या अझ दोब्बर भएर गएको बताए | आफुहरुले हेल्पर संगठनसित पनि बिचार विमर्श गर्दै समस्या समाधानको दिशामा लागी परेकोले दुई संगठन मिलेर अझ प्रभावशाली कार्यक्रम गर्दै हाम्रो समस्याको समाधान सम्म पुग्नु जरुरी रहेको उपस्थितिलाई बताए | यसरी नै उनले लेबर संगठनहरु दह्रिलो नभएको कारण नै यस्तो समस्या आइपरेको बताउंदै हरेक कर्मचारीको हक र अधिकारको निम्ति पारदर्शिता राखेर काम गर्न हरेक विभागमा नै अराजनैतिक लेबर संगठन हुनु जरुरी रहेको पनि सभामा जनाए |
यसरी नै मङपु विभागको पक्षमा सचिव मनिष थापाले पनि सम्बोधन गर्दै हाम्रो आ-आफ्नो विभागमा संगठनहरु छन र यसलाई एउटा महासंगठन बनाउन आवश्यक रहेको जनाए | अहिले राजनैतिक हावाहरु तीब्र हुँदै गएकोले समयमा नै हामीले हाम्रो कामहरु चाडो गर्नुपर्छ नत्र त्यो हावालाई हाम्रो समस्यालाई पनि कतातिर थन्काईदिन्छ भन्दै झण्डा र राजनीतिले हाम्रो चुल्हो राम्रो प्रकारले काम गरे हाम्रो समस्या अवश्य समाधान हुन्छ भनी उनले जनाए | अब महासंगठन तयार भएपछि सबै विभागको सिजनल लेबरहरुलाई ठुलो सभा गर्दै भावी कार्यक्रम बारे छलफल गर्नुपर्ने पनि तिनले जनाए | सम्बोधनको क्रममा रम्बी विभागबाट वाङगेल तामांगले हाम्रो समस्याको समाधान कसैले गरिदिने छैन र अब हामी आफै नउठी नहुने बताउंदै संगठनले सठीक नियम भित्र बसेर काम गरे हाम्रो माग पुरा अवश्य हुने बताए | यसरी नै मङपु विभागको पक्षबाट संजय राईले अब महासंगठनले सिन्कोना अधिकारीवर्गलाई हाम्रो हक र अधिकारको कुरा सोध्नु पर्छ भनी जनाए भने बिचकमानबाट सचिन गुरुङले हरेक विभागको सिजनल लेबरहरुलाई सचेत गराउंदै एउटै मूलधारामा ल्याउने काम गर्नुपर्छ भन्दै अब हरेक सिजनल लेबरले सजक भएर आफ्नो हक र अधिकारको निम्ति जुनै हदसम्म पनि जान तयार हुनपर्ने जनाए | आजको सभामा बिशेष रुपले लाब्दा विभाग, मङपु विभाग र रम्बी विभागका प्रतिनिधिहरु उपस्थित रहेका थिए भने रेशेप विभागका प्रतिनिधिहरु अन्य महत्वपूर्ण कार्यक्रममा जान परेकोले उपस्थिति नदिएपनि आगमी कार्यक्रममा भाग लिने जनाएको छ | यसरी नै रङबी विभाग र रङजु भेल्ली विभागमा संगठन तयार नभएकोले त्यहाँ चाडो संगठन गठन गर्ने निर्णय लिएको छ भने संगठन बिना पनि रङबी विभागका धेरै संख्यामा सिजनल लेबरहरुले उपस्थिति दिएका थिए | आज गठित महासंगठनमा सर्वसम्मतिमा यस प्रकारले प्रतिनिधि चयन गरियो जसमा सभापति राजेश थापा (लाब्दा विभाग), उपसभापति योग्य तामांग (रङबी विभाग), सचिव मनिष थापा (मङपु विभाग), सहसचिव अल्बर्ट तामांग (लाब्दा विभाग), कोषाध्यक्ष संजय राई (मङपु विभाग) लेखापरिक्षक वाङगेल तामांग (रङबी विभाग), प्रमुख सल्लाहकारहरुमा हिमाल राई, आनन्द राई, सचिन गुरुङ, प्रभात तामांग, शरण मोहरा आदि रहेको छ भने आज अनुपस्थित विभागहरुबाट पनि प्रतिनिधिहरु चयन गरिने भएको छ | यसरी नै कार्यकारिणी सदस्यको रुपमा प्रतिमा तामांग, जिनामित लेप्चा, रेशु थापा, दिपेश राई, प्रभात तामांग, प्रवेश राई, प्रणय राई, किरण छेत्री, दिपेश थापा, राजु तामांग, जीवन गुरुङ, रोहिता गुरुङ, जोगेश तामांग आदिलाई चयन गरिएको छ ||

सिन्कोना बगानमा आजपर्यान्त कार्यरत सिजनल लेबरहरु स्थायीकरणको माग गर्दै हरेक सिन्कोना विभागमा अराजनैतिक संगठन बनाउने कार्य चल्दा चल्दै यसै महिनादेखि सिजनल लेबरहरुको वर्क अर्डर नआएपछि आज मङपु सिन्कोना बगानको पाँचैवटा विभागका सिजनल लेबर संगठनलाई लिएर एउटा महासंगठन गठन गरियो |

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.