सिन्कोना सिजनल लेबर रङबी शाखा गठन

Cinchona Seasonal labour sangathan in Rungbee division
सिन्कोना बगानमा कार्यरत अस्थायी मजदुरहरुको चाडो स्थायीकरणको माग लिएर गठन गरिएको पूर्णरुपले अराजनैतिक अस्थायी मजदुर महासंगठनले आज आफ्नो रङबी शाखा गठन गरेको छ | प्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न सभालाई वाङगेल तामांगले संचालन गरेका थिए | अस्थायी मजदुरको रुपमा बगानमा काम गर्दा आइपर्ने विभिन्न समस्याहरु, बन्चित सहुलियतहरु साथै चाडो स्थायीकरणको मागलाई संगठित भएर आवाज उठाउने आवश्यक्तालाई उपस्थित अस्थायी मजदुरहरुलाई जानकारी गराउंदै महासंगठन सभापति राजेश थापाले यो संगठन पूर्णरुपले अराजनैतिक भएको बताए भने बर्तमान समय कतिपय राजनैतिक दलहरुलाई यस संगठन बारे गलत संदेश पुगिरहेको छ, यो संगठनले अस्थायी मजदुरहरुलाई कुनैपनि राजनैतिक दलहरुको झण्डा समाउन प्रेरित नगरेको अनि भविष्यमा पनि नगर्ने बताए | गणतन्त्रमा सबैलाई आफ्नो इच्छाको राजनैतिक दल चुन्ने र झण्डा समाउने अधिकार छ जुन अधिकारलाई संगठनले कुनै हालमा हनन गरेको छैन तर अराजनैतिक संगठन भएर सिन्कोनाको बगानको अस्थायी मजदुरहरुको नाममा झण्डा पक्रनु र राजनीति गर्नु संगठनमा स्वीकार्य छैन अनि सिन्कोना बगानलाई कलंकित गर्नु संगठनको उदेश्य होइन तर संगठनले अस्थायी मजदुरहरुको हक र अधिकारको निम्ति संगठित भएको मात्र हो जसले कुनै पनि राजनीतिक दलको क्याडरहरुलाई झण्डा समाउने प्रेरित गर्ने छैन भनी उनले बताए साथै भविष्यमा पनि कुनै दलहरुले संगठनलाई झण्डा थमाउने काम नगरिदियोस भनी सभापति थापाले जनाए | यसरी नै सिजनल लेबरको काममा पनि कुनै बाधा नपुराइ आफ्नो काममा जाने साथै आगमी दिनहरुमा सिन्कोना बगानको सहायक संगठनको मागलाई समर्थन गर्दै उनीहरुको पदोन्नतिमा जोड दिए मात्र स्थायीकरण हुने बारे पनि थप जानकारी गराए | यसरी नै महासंगठन सचिव मानिस थापाले पनि अस्थायी मजदुरहरुलाई संगठित हुन किन जरुरी छ र किन हामी अराजनैतिक संगठन हो भन्ने कुरोमा सबैलाई अव्गात गराए | यसरी नै सभालाई विभागका अस्थायी मजदुरको पक्षमा सचिन गुरुङ, दिपलाल राई आदिले पनि संगठन बनाउनु पर्ने कुरो माथि बक्तव्य राखे | अन्तमा सभाले अस्थायी मजदुर संगठन रङबी शाखा गठन गरियो जसमा सर्वसम्मतिको साथ सभापति दिपलाल राई, सहसभापति दिपिका थापा, सचिव सचिब गुरुङ, सहसचिव निर्मल तामांग, कोषाध्यक्ष प्रतिमा तामांग, लेखापरिक्षक बिनिता राई, प्रमुख सल्लाहकार पराग ठकुरी, जीवन सिन्चुरी, जीवन गुरुङ, जोश्ना थापा, रेशु थापा, जिनामित लेप्चा, निशा गुरुङ आदिलाई चयन गरिएको छ ||

सिन्कोना बगानमा कार्यरत अस्थायी मजदुरहरुको चाडो स्थायीकरणको माग लिएर गठन गरिएको पूर्णरुपले अराजनैतिक अस्थायी मजदुर महासंगठनले आज आफ्नो रङबी शाखा गठन गरेको छ |

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.