सिन्कोना बगानमा कन्भेनशन रुल अनुसार आफ्नो बाउ बाजेको बदला काम लिएर आज पर्यान्त कार्यरत अस्थायी मजदुर (सिजनल लेबर) हरुको बिशेष स्थायीकरण साथै अस्थायी मजदुरहरुले भोगीरहेको विविध समस्याहरुको समाधानको दिशामा पहल गर्न यसको हेड क्वाटर मङपुबाट खडा भएको सिजनल लेबर महा संगठनको शाखा बिस्तार गर्ने क्रममा मङपु सिन्कोना बगानको पाँचैवटा विभागहरुमा शाखा गठन गरिएपछि आज मनसोङ सिन्कोना बगानमा पनि शाखा गठन भएको छ | अस्थायी मजदुरहरुले प्राय: ४ वर्ष जति काम गरिसक्दा पनि किन स्थायीकरण हुँदैन भन्ने मूल मुद्दालाई लिएर अघि बढ्दा हालमा विभिन्न विभागहरुमा कार्यरत अस्थायी मजदुरहरुले बेग्ला बेग्लै प्रकारले समस्या भोगिरहेको पनि उजागर भएको छ | यही सन्दर्भमा सभालाई संचालन गर्दै अस्थायी मजदुर एलोल्ड लामाले सिन्कोनाको अन्य विभागतिर मई महिनामा पनि सिजनल लेबरहरुलाई काम गर्ने अर्डर आएपनि मनसोङ सिन्कोना बगानका सिजनल लेबरहरुलाई किन आएन भनी कुरा उठान गरेको छ | सिन्कोना बगानको अभिन्न अंगहरु मध्ये एउटा अंग रहेको मनसोङमा यसरी काम गर्ने अर्डर नआउनुमा के रहस्य छ, किन यसरी छुटाउने काम हुँदैछ ? सो बुझ्न र आफ्नो अधिकारको निम्ति अघि बढ्न सबै एकसुत्रमा बाँधिन एकदमै जरुरी रहेको उनले जनाए | साथसाथै यस महिनामा काम गर्ने निर्देश नआउँदा मनसोङमा भएका तीनवटा युनियनहरुले सिजनल लेबरको समस्या लिएर व्यवस्थापक साथै निर्देशक सामु एक शब्द पनि नराखिदिएको गुनासो गर्दै सांचै अब हामी मजदुरहरु नै एक हुन जरुरी रहेको मनासय राखी सिजनल लेबरको संगठन खडा गर्न जरुरी रहेको बताए | यसरी नै सतीश गुरुङले पनि सभालाई सम्बोधन गर्दै मानिसहरुले आजसम्म पार्टी र संगठनको अन्तर छुटाउन सम्म सकेका छैनन्, मनसोङका कर्मचारीहरुको व्यथा र दुर्दशा एकदमै नाजुक भएर जाँदैछ, हामी १५ दिने सिजनल लेबरमा काम गरेर उँधो न उँभो भइरहेका छौँ यसैले हामी सम्पूर्ण सिजनल लेबरहरु एक भए आफ्नो हक र अधिकारको निम्ति लड्ने समय आइसकेको बताए | आज गठन गरिएको सिजनल लेबर संगठनमा सभापति एनोल्ड लामा, सचिव सतीश गुरुङ, कोषाध्यक्ष पवित्र लामा, उपकोषाध्यक्ष रोमा प्रधान लगायत सलाहकार तथा कार्यकारिणी सदस्यहरुमा मोहन प्रकाश मोथे, दिपेन तामांग, तारा लामिछाने, जालु गुरुङ, बले थापा, सन्जित तामागं, बिकाश तामांग, लेलिन शेर्पा, अर्चना राई सनिम तामांग आदि रहेका छन् | यसरी सिजनल लेबरको संगठन गठन गरिएको खबर सुन्नसाथ मङपुबाट महासंगठन सभापति राजेश थापाले बधाई दिंदै आगमी दिनहरुमा महासंगठनको कार्यनीतिलाई आत्मसाथ गरी आफ्नो हक र अधिकारको निम्ति संधै एकत्रित भइ काम गर्ने शुभकामना दिएका छन् साथै महासंगठनको भावी रननीति अनुसार ग्रुप डीको पदोन्नतिपछि मात्र स्थायीकरण हुने सत्यताको कारण सिन्कोना बगानमा आन्दोलित सहायक संगठनको मागलाई सहयोग गर्ने पनि जानकारी दिएका छन् ||
Post a Comment
We love to hear from you! What's on your mind?