२४ दिसम्बरमा हुनेछ गोरामुमो मङपु लाठपन्चर समष्टि युवा एकाईको सभा

Gorkha National Liberation Front youth wing meeting
बर्तमान पहाडमा केवल चलिरहेको राजनैतिक अन्योलतालाई सठीक मौका छोपेर एक समयको शासक दल गोरामुमोले फेरि आफ्नो संगठन मजबुतीकरणको निम्ति कम्मर कसिसकेको छ | केवल छैटौं अनुसुचिले नै गोर्खाल्याण्डसम्म बाटो देखाउने काम गर्नेछ भन्ने दाबी संगै पार्टीले गोजमुमो र अन्य दलहरुबाट भंगालिएका समर्थकहरुलाई आफ्नो पक्षमा तान्ने काम द्रुत गतिमा गरिरहेको छ | यता मङपु क्षेत्रमा पनि गोर्खाल्याण्डको आन्दोलन आघिसम्म आफ्नो पार्टीको अस्तित्वसम्म संकटमा पर्ला जस्तो देखिने गोरामुमो पार्टीको हालमा निक्कै चहल पहल देखिन थालेको छ | यही सन्दर्भमा मङपु गोरामुमो कार्यलयमा आज मङपु लाठपन्चर समष्टि संयोजक ज्ञानदीप राईको सभापतित्वमा एउटा सभा बस्यो | सभामा मङपु जोन अधिनस्थ शाखा प्रशाखाका युवा कार्यकर्ताहरुलाई लिएर बहस गर्दै आगमी २४ दिसम्बरको दिन मङपु लाठपन्चर समष्टि युवा एकाईको महत्वपूर्ण सभा मङपु विभागीय कम्युनिटि हलमा सम्पन्न हुने तय गरियो | यसर्थ उक्त दिन बिहानको १० बजेदेखि सम्पन्न हुने सभामा गोर्खा राष्ट्रीय मुक्ति मोर्चा मङपु लाठपन्चर समष्टिभित्र पर्ने सम्पूर्ण युवा जमातलाई उपस्थित भइदिने पार्टी युवा एकाईले अपिल पनि गरेको छ || 

बर्तमान पहाडमा केवल चलिरहेको राजनैतिक अन्योलतालाई सठीक मौका छोपेर एक समयको शासक दल गोरामुमोले फेरि आफ्नो संगठन मजबुतीकरणको निम्ति कम्मर कसिसकेको छ |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.