स्थापना दिवसमा पनि जनसभा गर्ने अनुमति पाएन क्रामाकपाले

CPRM Darjeeling flag
पार्टीको स्थापना दिवसमा पनि दार्जीलिंगमा जनसभा गर्न नपाउने भएको छ क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीले | क्रामाकपाले आफ्नो २२ औं स्थापना दिवसको अवसर पारेर दार्जीलिंग चौक बजारमा जनसभा गर्ने योजना बनाएको भएपनि प्रशासनबाट अनुमति पाएन | सन् १९९६ सालमा छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै माकपाबाट छुटिएको क्रामाकपाले आफ्नो स्थापना दिवसको मौका पारेर आज अर्थात् १५ दिसम्बरको दिन जनसभाको पनि योजना बनाएको थियो तर दार्जीलिंग जिल्ला प्रशासनबाट अनुमति नपाएपछि कडा विरोध जनाएको छ | पार्टीले जिल्ला प्रशासनसंगै बङ्गाल सरकारको पनि खोइरो खनेको छ भने विरोध जनाउँदै विभिन्न स्थानहरुमा पोस्टरिङ पनि गरेको छ | यसरी चौक बजारमा कार्यक्रम गर्न नपाएपछि  क्रामाकपाले गोदुनिस भवनमा आफ्नो कार्यक्रम गर्ने भएको छ | यता जिल्ला प्रशासनले भने बल्ल फर्किंदै आइरहेको पहाडको शान्ति शृंखला भंग नहोस भनेरनै अनुमति नदिइएको बताएका छन् | दार्जीलिंग पहाडमा हाल प्रशासनले केही चुनित राजनैतिक दलहरु बाहेक अरु कसैलाई राजनैतिक कार्यक्रम गर्न नदिइरहेको पार्टीहरुको गुनासो छ | पार्टीले यो भन्दा पहिला पनि जनसभा गर्ने अनुमति मागेका थिए तर त्यस पल्ट पनि अनुमति पाएका थिएन | भनाई छ कि बिमल गुरुङको नेतृत्वमा चलेको आन्दोलन जति सेलाउँदै जाँदैछ त्यति नै क्रामाकपाले आफ्नो गतिविधि तेज गरेर आन्दोलनलाई जीवन्तता दिने काम गरिरहेको छ |एकतिर  पार्टीको युवा एकाईले गोर्खाल्याण्डको निम्ति जोशिलो कार्यक्रमहरु गर्न तत्पर छन् भने पार्टी अध्यक्ष तथा पुर्व सांसद आरबी राईले पनि दिल्लीमा जीएसएसएसको आयोजनामा सम्पन्न गोर्खाल्याण्डको निम्ति संसद भवनसम्मको पदयात्रा कार्यक्रममा भाग लिइसकेका छन् | राजनैतिक सचेतकहरुले जीएसएसएसलाई बिमल गुरुङसंग सम्बन्धित संगठन मान्ने गर्छ भने यता क्रामाकपालाई पनि जनसभा गर्न अनुमति नदिएकोमा यसलाई पनि बिमलसंग सम्बन्धित पार्टी मानिलिएको छ प्रशासनले | यस्तो अवस्थामा पार्टी अध्यक्ष आरबी राईले यसलाई सरकारद्वारा जनताको मौलिक अनि संवैधानिक अधिकार हनन् गरिरहेको बताए | तिनले अझ भनेका छन् कि बिनय गुट गोजमुमोलाई गत ७ अक्टुबर अनि १९ नोभेम्बरमा जिल्ला पुलिस अधिक्षक एके चतुर्वेदीको निगरानीमा जनसभा गर्न दिइन्छ भने क्रामाकपासित यस्तो भेदभाव किन गरिंदैछ ? तिनले पहाडको सम्पूर्ण राजनैतिक दलहरुलाई बर्तमान पहाडमा लागु गरिएको जीटीए २ को विरुद्धमा एकजुट भएर लड्ने आह्वान पनि गरेका छन् ||   

पार्टीको स्थापना दिवसमा पनि दार्जीलिंगमा जनसभा गर्न नपाउने भएको छ क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीले |

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.