गोरुबथानको साटो मङपुमा हुनेछ जीटीए स्तरीय खेलकुद

GTA Primary school sports in mungpoo
जीटीए स्तरीय प्राथमिक पाठशालाहरुको वार्षिक खेलकुद अब गोरुबथानको साटो मङपु जन मैदानमा हुने भएको छ | विभागीय निरीक्षण टोलीले स्थलगत निरीक्षण गरेपछि गोरुबथानको साटो मङपुमा गराउने विभागीय निर्देशन प्राप्त भएपछि आज मङपु स्थिति रेस्ट हाउसमा खेलकुद आयोजन समितिको सभा बस्दै खेलकुद आयोजन उप समिति गठन गरियो | सभाध्यक्ष खेलकुद आयोजन समिति कार्यवाहक अध्यक्ष केसाङ लामाको सभापतित्वमा सभा बसेको थियो | गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्राथमिक शिक्षा विभाग र एचटीपीटीको संयुक्त आयोजनमा आगमी १२ जनवरीको दिन आयोजन हुने जीटीए स्तरीय खेलकुदमा १९ वटा क्षेत्र समितिबाट छनौट भएका विधार्थीहरुले अंशग्रहण गर्नेछन् | आजको सभामा स्थान परिवर्तन गर्नुपरेको कारण बताउँदै गोरु बथानको साटो मङपुमा गरिने तर अन्य सम्पूर्ण कार्यसुची यथावत रहने जानकारी खेलकुद आयोजन समिति कार्यकारी सचिव एवम एचटीपीटीए महासचिव पीबी राईले दिएका छन् ||

जीटीए स्तरीय प्राथमिक पाठशालाहरुको वार्षिक खेलकुद अब गोरुबथानको साटो मङपु जन मैदानमा हुने भएको छ |

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.