बिनयले गरे गुच्छ परियोजनाहरुको शिलान्यास

Binay Tamang inaugurates series of project from Jogighat mungpoo
मङपुको अघोषित पर्यटन स्थल जोगीघाटमा आयोजित गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको आधिकारिक कार्यक्रम मंचबाट बीओए अध्यक्ष बिनय तामांगले २५० करोड़भन्दा अधिक लागत बराबरको विकाशमुलक परियोजनाहरु जीटीए क्षेत्रका निम्ति शिलान्यास गरेका छन् | ती परियोजनाहरु जीटीए क्षेत्रका तीनवटा महकुमाहरु क्रमैले दार्जीलिंग, कालेबुंग अनि खरसाङ महकुमाभित्रका स्वास्थ्य, सामाजिक, शैक्षिक, कृषि, सडक, झोडा अनि अन्य क्षेत्रहरुसित सम्बन्धित रहेका छन् | कार्यक्रममा जीटीएकालमा पूर्ण हुननसकेका अनि बर्तमान निर्माणाधीन असंख्य परियोजनाहरु प्रोजेक्टरमा देखाउंदै यसपल्ट जीटीएले पूर्ण पारदर्शिता राखेर कार्य गरिरहेको पुष्टि गरे भने पहिलेको जीटीएमा के कति घोटाला भयो त्यसको आफुले जिम्मा नलिने बताउँदै गत वर्षको सेप्टेम्बर महिनादेखि आफु जीटीए बोर्ड अध्यक्षको पद सम्हालेपछि यदि कसैले पनि घोटाला भएको शंका लागे जीटीएलाई आरटीआई गर्न सक्ने, यदि कसैले घोटला हुँदै गरेको पूर्ण प्रमाण राज्य सरकार, न्यायलय अनि विभिन्न आयोगहरुलाई बुझाएमा आफूले बोर्ड अध्यक्षको पदभार तत्कालै त्याग्ने चुनौती दिंदै यसपल्टको जीटीए भ्रष्टचाररहित संचालन हुने बिश्वस्त गराए | तिनले मिशन दार्जीलिंग २०२० भन्दै हालमा जीटीए भनेको ब्राजीलको फुटबल टीम जस्तै डिफेन्स, किप्पर, स्कोरर जम्मै मिलेकोले यस्तो अवस्थामा सबै अघि आएर २०२० सम्म दार्जीलिंगलाई बिकशित पार्नु पर्ने जनाए भने हालमा बिकाश गर्नलाई राम्रो मुहुर्त देखापरेको व्यंग कस्तै हालमा राज्य मात्र होइन तर केन्द्रले पनि पहाड बिकाशको निम्ति भारी बजेट दिइरहेको खुलासा गरे | जीटीए क्षेत्रलाई बिकाश गर्न साथै सठीक प्रकारले कार्य संचालन गराउन हरेक ब्लकमा एउटा कार्यकारिणी अभियन्त अनि अन्य सहायक अभियन्तहरुको टोली राख्न थालिएको छ र यो टोलीले आफ्नो ब्लकको सम्पूर्ण विभाग अधिनस्थ कार्य परियोजनाहरुको देखरेख गर्ने भएको छ |
यसै कार्यक्रममा तिनले सेभोकदेखि सिक्किम लगिने रेलवे लाइनलाई बिशेष प्रमुखता दिंदै यसको निम्ति जीटीएले अगावै एनओसी दिइसकेको र यो रेलवेलाईन सिक्किमसम्म पुराउन सके यसबाट पहाडबासीलाई यात्रा गर्न सजिलो मात्र नभएर विभिन्न क्षेत्रका मानिसहरु लाभान्वित हुने बताए | रेलवे लाइनले कालीझोडा, रम्बी रयाङ, टिस्टा अनि मल्लीमा स्टेशन खोलिदिने भएकोले सिक्किम अनि दार्जीलिंगका मानिसहरुले रेलवे यात्रा गर्नलाई एनजेपी स्टेशननै पुग्न नपर्ने अध्यक्ष तामांगले बताए | यसकोसाथै यसरी रेलवेलाइन बिछ्याउदा कुनै पनि क्षेत्रका बासिन्धाहरु प्रभावित हुनेछैन किन भने सेभोकदेखिको सिक्किम छिर्ने रेलवे लाइन जमीनको डेड दुई किलोमिटर मुनि निर्माण भएर केवल ४३ किमीको दुरीमा नै सिक्किम र सेभोक बिचको रेलवे लाइन निर्माण हुनेछ | जमीन मुनि सुरुंग खन्दा कुनै विस्फोटक तकनिकीहरु प्रयोग नगरी इकोफ्रेन्डली तकनिकीको प्रयोगमा सुरुङ निर्माण हुने भएकोले कसैले पनि चिन्ता लिन नपर्ने बीओए अध्यक्ष तामांगले जानकारी गराए | रेलवे विभागले यसरी विभिन्न स्थानहरुमा स्टेशन निर्माण गर्ने भएकोले स्टेशन वरिपरिका होटेल, दोकान - पाट आदिलाई पनि ठूलो सहयोग हुने, त्यस क्षेत्रहरुका आर्थिक व्यवस्थानै बढेर जाने भएकोले यस योजनालाई सफल बनाउन आफूले जोडतोडले पहल गरिरहेको तिनले बताएका छन् |
तिनले गोर्खाको ११ जात गोष्ठीलाई जनजातिको दर्जा दिलाउने विषयमा बोल्दै यसको निम्ति केन्द्रसंग पनि चाडै वार्ता गर्ने बताएका छन् |
तामांगले आज नेपाली नयाँ वर्ष पहिलो बैशाखको उपलक्ष्यमा सम्पूर्ण नेपाली गोर्खा जातिलाई शुभकामना दिंदै आज बङ्गाल सरकारले बुद्ध जयन्तीलाई स्टेट होलीडे घोषणा गरिदिएकोमा मुख्यमन्त्री ममता ब्यनार्जीलाई सम्पूर्ण बौद्ध साथै गोर्खा जतिकै पक्षबाट हार्दिक कृतज्ञता प्रकट गरेका छन् भने उक्त दिन विदा भएपनि चिया बगान अनि सिन्कोना बगानका श्रमिक – मजदुरहरुको दैनिक हाजिरा भने पाउने बताए | शान्ति अनि अहिंसाको प्रतिक गौतम बुद्धको जन्म जयन्तीलाई अझ राष्ट्रीय विदाको रुपमा क्यालेण्डरमा ल्याउन पहल गर्ने बताए |
आज जीटीए क्षेत्रको बिकाशको निम्ति करोडौं रुपियाँको परियोजनाहरु व्यवहारिकतामा आएर क्षेत्रको भौतिक बिकाशको मूल फुटेपनि हाम्रो जातिमा मानशिक बिकाश आजसम्म पनि नभएकोले हाम्रै सम्पति हाम्रै जातिले संरक्षण गर्नको साटो तोड्ने – फोड्ने गरेकोमा बीओए अध्यक्षले खेद प्रकट गरेका छन् भने अब हामीले भौतिक बिकास मात्र होइन तर मानशिक बिकाशमा पनि ध्यान दिनपर्ने समय आएको बताए |
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन  बीओए अध्यक्ष बिनय तामांगको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जीटीए बिओए उपाध्यक्ष अनित थापा उपस्थित थिए भने जीटीएको आधिकारिक कार्यक्रममा जीटीए अधिनस्थ विभिन्न विभागका पदाधिकारी संगै दार्जिलिंग अनि  खरसाङका विधालयद्वय अमरसिंह राई अनि डा० रोहित शर्मा पनि उपस्थित रहेका थिए | कार्यक्रमलाई विधायकद्वय अमरसिंह राई, डा० रोहित शर्मा लगायत जीटीए प्रिन्सिपल सेक्रेटरी सुब्रोतो बिश्वासले पनि सम्बोधन गरेका थिए | आजको कार्यक्रममा जीटीए क्षेत्रका सम्पूर्ण महकुमाका सुचना अनि सांस्कृतिक विभागका कलाकारहरुद्वारा सुन्दर नृत्य  प्रस्तुत गरिएको थियो भने अपरान्ह कार्यक्रमको मंच दार्जीलिंगका ख्यातिप्राप्त टोलो दार्जिलिंग कार्निभलको नियन्त्रणमा थियो जसले उपस्थित मानिसहरुलाई भरमघ्दुर मनोरंजन दिलाएका थिए ||

मङपुको अघोषित पर्यटन स्थल जोगीघाटमा आयोजित गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको आधिकारिक कार्यक्रम मंचबाट बीओए अध्यक्ष बिनय तामांगले २५० करोड़भन्दा अधिक लागत बराबरको विकाशमुलक परियोजनाहरु जीटीए क्षेत्रका निम्ति शिलान्यास गरेका छन् |

Read latest post filed under mungpoo news, political news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.