५ अप्रेलदेखि गोरामुमोको नारा परिवर्तन हुनसक्छ – रबिन लामा

GNLF central committe member Rabin Lama
गोर्खा राष्टीय मुक्ति मोर्चा लाठपन्चर समष्टिको तत्वधानमा यहाँको सरस्वती कन्या  विधालय प्रांगणमा सम्पन्न जनसभालाई सम्बोधन गर्दै गोरामुमो केन्द्रीय समिति सदस्य रविन लामाले आगमी ५ अप्रेलको दिन सम्पन्न हुने ब्रान्च कमिटिको सभादेखि गोरामुमोले आफ्नो नारा परिवर्तन गर्न सक्ने सम्भावना बताएका छन् भने त्यसै सभादेखि भावी सक्रिय कार्यक्रमहरु तय हुने बताएका छन् | लामाले सिन्कोनाबासी, चियाबारी लगायत बन बस्ति सबै क्षेत्रका समस्याहरुको समाधान सुत्र भनेको नै छैटौं अनुसुचि हो भन्दै सुबास घिसिंगले गरेको कार्य र सपना सम्पूर्ण जातिको निम्ति थियो भनी बताए | गोरामुमो छैटौं अनुसुचिको मुद्दादेखि एक इन्च पनि पछि हटेको छैन, छैटौं अनुसुचिनै गोर्खाल्याण्डसम्म पुग्ने बाटो रहेकोले यसलाई भित्र्याउन सबैले समर्थन गरिदिने आह्वान गरे | सभालाई सम्बोधन गर्दै हिमालयन प्लान्टेशन वकर्स युनियन केन्द्रीय समिति सचिव बीके राईले गोर्खा जातिमा शिक्षाको कमी अनि अशिक्षित हुनकै कारण आजसम्म दु:ख पाएको बताउँदै दिवंगत अध्यक्ष सुबास घिसिंगले गोर्खा जातिको उन्मुक्ति र संरक्षणको निम्ति जुन कार्य गरेर गए त्यो गोर्खाल्याण्ड प्राप्तिको निम्ति प्रथम खुड्किलो हो भन्दै छैटौं अनुसुचिले मात्र आज गोर्खा जातिलाई बाचाउन सक्ने बताए | तिनले मङपु लाठपन्चर, सिटोङ आदिका युनियन प्रतिनिधिहरुलाई लिएर सिन्कोना जोनल कमिटि गठन गर्ने बताएका छन् | सम्बोधनमा एचपीडब्ल्युयु मङपु जोन सहसचिव आशिषदीप राईले सिन्कोनाको विविध समस्याहरु संगै युनियनले गर्न पर्ने आधारभूत कार्यहरु सभालाई अवगत गराए भने आनन्द राईले बस्तिका समस्याहरु प्रकाश पारे | सम्बोधनकै क्रममा ब्रान्च सचिव युद्ध छेत्रीले छैटौं अनुसुचि अन्तर्गत दार्जीलिंगलाई अन्तर्भुक्त गर्न पाएको भए यो भूभागको मालिक हामी हुने थियौं भन्दै जातिलाई संरक्षण गर्न, जातिलाई बचाउन गोरामुमो संधै लागि परेको बताए | बिकाशले जाति बाँच्दैन, बिकाश केवल पेन किलर जस्तो मात्र हो भन्दै छेत्रीले एचएडीसी र छैटौं अनुसुचिको ठूलो पार्थक्य सभामा बताउँदै आगमी ५ अप्रेलको दिन सम्पन्न हुने ब्रान्च कमिटिको सभामा सबैलाई उपस्थित भइदिने अपिल गरेका छन् | सभालाई उमेश छेत्रीले पनि सम्बोधन गरेका थिए भने जोन सभापति कैलाश पाख्रिनको अध्यक्षतामा सम्पन्न आजको सभामा गोरामुमो केन्द्रीय समिति सदस्य रबिन लामा, खरसाङ ब्रान्च कमिटि महासचिव युद्ध छेत्री, एचपीडब्ल्युयु सभापति बीके राई, पीटीओ संयोजक देवलाल मोक्तान लगायत जोनका युवा अनि नारी एकाईका बरिष्ठ पदाधिकारीहरुको पनि बिशेष उपस्थिति रहेको थियो ||

गोर्खा राष्टीय मुक्ति मोर्चा लाठपन्चर समष्टिको तत्वधानमा यहाँको सरस्वती कन्या विधालय प्रांगणमा सम्पन्न जनसभालाई सम्बोधन गर्दै गोरामुमो केन्द्रीय समिति सदस्य रविन लामाले आगमी ५ अप्रेलको दिन

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.