सिन्कोना प्लान्टेशन वकर्स युनियन केन्द्रीय समितिको एक प्रतिनिधि टोलीले माननीय मन्त्री अब्दुल रजाक मोल्ला, एफपीआई एण्ड एच विभागसंग सिन्कोना निर्देशालयकै बङलोमा गत आइतबार भेट गरी सिन्कोना बगानको जल्दो बल्दो अनि धेरै वर्षदेखि थाँतीमा रहेर प्रत्येक स्थायी श्रमिक, अस्थायी श्रमिक, कर्मचारी अनि समग्र बगानलाई नै समस्याको चपेटमा पारिरहेको स्थायी श्रमिकहरुलाई निर्देशालयको रिक्त रहेको ग्रुप डी पदमा झट्ट एब्जर्ब गरिन पर्ने विषयमा ज्ञापन पत्र पेश गर्दै उक्त विषयमा माननीय मन्त्रीलाई युनियनको पक्षबाट सविस्तार बुझाउने काम गरियो | युनियनले आफ्नो माग सविस्तार राखेपछि मन्त्री मोल्लाले सिन्कोना निर्देशालय जीटीएमा पूर्णरुपले ट्रान्सफर भएको विभाग भएकोले यस समस्याको समाधान जीटीएले नै गर्न पर्ने अनि यस समस्याको समाधानार्थ जीटीएमा नै युनियन पक्षले आफ्नो माग राख्न पर्ने सुझाव दिए साथै तिनलाई युनियन पक्षबाट जानकारी गराउंदै मुख्यमन्त्री ममता ब्यनार्जीको कालेबुंग भ्रमण अवधि खरसाङका माननीय विधायक रोहित शर्माद्वारा सिन्कोना समस्या बारे अव्गात गराइएको जानकारी गराइयो भने मन्त्री मोल्लाले पनि आफ्नो पक्षबाट कलकता फर्केपछि मुख्यमन्त्रीसित कुरा राख्ने अनि यसको जानकारी निर्देशक साथै युनियनलाई दिने जनाए | फेरि पनि युनियन पक्षबाट ग्रूप डीमा एब्जर्ब नभएको हुँदा बगानका श्रमिकहरुमा निराशा छाएको अनि आउँदो दिनहरुमा बगानमा अस्थिरता आउँ सक्ने जानकारी समेत मन्त्रीलाई गराइयो भने मन्त्रीले सिन्कोना जीटीए अधिनस्थ भएकोले यसको छिनाफाना जीटीएबाटै हुने कुरा दोहोराए |
सिन्कोना प्लान्टेशन वकर्स युनियन केन्द्रीय समितिको प्रतिनिधि टोलिलाई गोजमुमो केन्द्रीय समिति सदस्य मिरेन लामाले अगुवाई गरेका थिए भने यसै युनियनका केन्द्रीय समिति मूल सचिव अमृत खड्का, केन्द्रीय समिति खाजांजी जयपति राई, मङपु जोनल सभापति किशन बुडाथोकी, मङपु जोनल नारी मोर्चा सभानेत्री बसुन्धरा रावत अनि युनियन प्रतिनिधिहरु क्रमैले मुनाल घिसिंग, अर्पणा वाइबा, रन्जित सिन्चुरी, गणेश जैशी, रंजित शर्मा अनि रेसेप शाखा सभापति राम थापा पनि उपस्थित थिए |
विगत २५ मईमा युनियन द्वारा निर्देशकलाई दिइएको दश दिनको अल्टिमेटमलाई मन्त्री अब्दुल रजाक मोल्लाको भ्रमणलाई मध्य नजर गर्दै केही शिथिल गरिएको तथापि युनियनले गरेको उक्त माग पुरा नभए मन्त्री फर्किएको भोलि पल्टदेखि उक्त कार्यक्रम मैदानमा उतारिने युनियन पक्षबाट एक विज्ञप्ति मर्फत्र जानकारी गराएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?