मङपुमा स्वतन्त्रता दिवस भब्य रुपमा पालन गरिने

15th august Independence day celebration mungpoo
मङपु खेलकुद संघको तत्वधानमा स्थानीय मङपु जनमैदानमा ७२ औं स्वतन्त्रता दिवस समारोह धुमधाम एवं हर्षोल्लासको साथ रंगारंगी कार्यक्रमहरु संगै सम्पन्न हुने भएको छ | मङपु भेकका सम्पूर्ण विधालयहरुको संलग्नता रहेको उक्त समारोहको पुर्वार्धमा ग्रीन हिल एकाडेमी एवम गुड स्टार्ट एकाडेमीका विधार्थी समुहले राष्ट्रीय पर्वकै थीममा आधारित ड्रील प्रदर्शन गर्ने कार्यक्रम रहेको साथै पुर्व सैनिक संस्थानको संलग्नता एवम दिशा निर्देशमा राष्ट्रीयगान सम्पन्न गरिनेछ जसमा ग्रीन हिल एकाडेमीका विधार्थी समुहको बिशेष भूमिका रहने भएको छ | कार्यक्रमलाई अझ रोचक एवम उल्लासमय बनाउन विभिन्न विधालयका विधार्थीवर्गले नृत्य, गीत, वाध्य धुनको प्रस्तुतिको साथै कविता वाचन आदिको पनि कार्यक्रम रहनेछ | दुई पर्वमा विभाजित उक्त राष्ट्रीय समारोहको उतरार्धमा अन्तर विधालय फुटबल खेलको चुडान्त खेल सम्पन्न हुनेछ जसमा सरस्वती उच्च विधालय र शारदा उच्च विधालय माझ खेल सम्पन्न हुनेछ | यसरी नै इन्डीपेन्डेन्स कप नक आउट टुर्नामेन्ट सिनियर डिभिजन अन्तर्गत सिम्ले बोइज क्लबको सामना मङपु भलिबल क्लब सित हुनेछ | फुटबल खेलको प्रारम्भमा प्राथमिक शिक्षक बनाम माध्यमिक विधालय शिक्षकवर्ग माझ मैत्रीपूर्ण खेल सम्पन्न हुनेछ | उल्लेखित राष्ट्रीय पर्व स्वतन्त्रता दिवस समारोह २०१८ का प्रमुख अतिथि आरबी लामा, जनसम्पर्क अधिकारी, बीओए जीटीए, विशिष्ट अतिथि डा0 सामुयल राई निर्देशक सिन्कोना एवम अन्य औषधीय पौधाहरु साथै सम्मानीय अतिथिमा मदन मुखिया मुख्यालय व्यवस्थापक आदिको महत उपस्थिति रहने भएको छ जुन महापर्वमा मङपु खेलकुद संघ वरिष्ठ नागरिक, खेलप्रेमी महानुभाववर्ग, अभिभावकवर्ग, विधार्थी समुदाय लगायत सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछ | बिशेषत: यस राष्ट्रीय पर्वलाई समारोहपुर्वक सफलीभूत पार्नमा मङपु लाब्दा समष्टिका अभिभावक तुल्य अनित थापा, उपाध्यक्ष बीओए को ठुलो भर प्राप्त भएको जानकारी छ | तिनकै सल्लाह, साथ र सहयोगले मात्रै मङपु खेलकुद संघले यस प्रकारको समारोह आयोजन गर्न सक्षम बनेको आयोजक पक्षले जानकारी दिएको छ ||

मङपु खेलकुद संघको तत्वधानमा स्थानीय मङपु जनमैदानमा ७२ औं स्वतन्त्रता दिवस समारोह धुमधाम एवं हर्षोल्लासको साथ रंगारंगी कार्यक्रमहरु संगै सम्पन्न हुने भएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.