चिया बगान श्रमिकहरुले चाडैं अति महत्वपूर्ण खुशीको खबर पाउने छ - बिनय तामांग

Gorkhaland Territorial Administration BOA Chief Binay Tamang
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन बीओए अध्यक्ष बिनय तामांगले एउटा प्रेस विज्ञप्ति जारी गर्दै पहाड अनि समतलका चिया श्रमिकहरुले मिनिमम वेजेस एक्ट सम्बन्धि चाडैं नै खुशीको खबर सुन्न पाउने बताएका छन् |
अध्यक्ष तामांगले विज्ञप्तिमा भनेका छन् -
दार्जीलिङ पहाड़ अनि तराई- डुवर्सका चियाश्रमिकहरूले मिनिमम् वेजेस एक्टसम्बन्धि चाड़ै अति महत्वपूर्ण अनि खुशीको खबर सुन्न पाउनेछन्। चियाश्रमिकहरूको समस्याको समाधानको निम्ति म हरेक दिन नै सरकारसित वार्ता गरिरहेको छु| राज्यका श्रममन्त्री मलय घटकजीसित पनि म दैनिकरूपमा नै कुराकानी गरिरहेको छु| गत केही दिनअघिको कलकत्ता भ्रमण अवधि पनि माननीय मुख्यमन्त्री ममता व्यानर्जीसित यस विषयमा कुराकानी भएको छ| यसबाहेक गोजमुमोको श्रमिक संगठनले पनि लगातार मुद्दालाई अघि बड़ाइरहेको छ| जसको प्रतिफल अब चाड़ै चियाश्रमिकहरूले पाइरहेका छन्|यही थाह पाएर यसको श्रेय आफूहरू लिने राजनैतिक स्वार्थपूर्ण उद्धेश्यले जाइन्ट फोरम नाम गरेर कतिपय राजनैतिक दलहरूले आन्दोलनको नाममा कमान बन्द अनि अशान्ति फैलाउने काम गरिरहेका छन्। तर जोइन्ट फोरमको उक्त उद्धेश्य दार्जीलिङ पहाड़मा पूरा हुन सकेन। उनीहरूको राजनैतिक षड़यन्त्रलाई दार्जीलिङ पहाड़का चियाश्रमिकहरूले विफल बनाइदिए। यसको निम्ति पहाड़का सम्पूर्ण चियाकमानवासीहरूलाई म आभार व्यक्त गर्न चाहन्छु।

दार्जीलिङ पहाड़मा जोइन्ट फोरमको नाममा राजनैतिक दलहरू जुन कमान बन्द अनि असहयोग आन्दोलन गरिरहेका छन् यस  प्रकारको आन्दोलनले सफळता हात लाग्दैन भन्ने कुरा विगतको आन्दोलनहरूले नै स्पष्ट भइसकेको छ। हरेक कुराको समाधान टेबलमा तर्क-वितर्क अनि बौद्धिक रणनीतिमार्फत नै हुन्छ भन्ने कुरा हामीले विगतका विफलताहरूबाट सिकेका छौं। यसैले हरेक प्रकारले अध्ययन मनन गरेर तर्क अनि वार्तामार्फत नै यसको समाधान गर्ने दिशामा हामी लागिपरेका छौं र यसैको फलस्वरूप अब चाड़ै चियाश्रमिकहरूले ठूलो उपलब्धि हासिल गर्नेछन्। यसको निम्ति म अग्रिम शुभकामना पनि चियाश्रमिकहरूलाई दिन चाहन्छु।

नयाँ सोच अनि विचार लिएर गोर्खल्याण्ड क्षेत्रीय प्रशासनको पदभार ग्रहण गर्नेसाथ हामीले सबैभन्दा पहिला चियाकमानको पर्जापट्टा र मिनिमम् वेजेस एक्ट लागु गर्नुपर्ने मुद्दा नै सरकारसमक्ष उठाएका हौं। यसैको फलस्वरूप अहिले आएर मिनिमम् वेजेस एक्ट र पर्जापट्टा दुवै मुद्दा सरकारको टेबलमा पुगेको हो। जतिबेला हामीले चियाश्रमिकहरूको निम्ति यी दुईवटा मुद्दा उठान गरेका थियौं त्यतिबेला अन्य राजनैतिक दलका नेतृत्त्वहरू सिलगढ़ीमा बसेर दार्जीलिङ पहाड़को स्थितिको तमाशा हेरिरहेका थिए।अहिले ठूल्ठूला कुरा हाँक्ने कतिपय श्रमिक संगठनका कतिपय तथाकथित नेताहरूले त उक्त पार्टीमा समेत सामेल भएका थिएनन्।

दार्जीलिङ पहाड़का चियाकमानहरू जहिल्यै पनि राजनीति गर्ने अखाड़ामात्रै भएको छ।सोझा-सीधा जनताको समस्याहरूलाई भोट जित्ने मुद्दा बनाएर नेताहरूले राजनैतिक रोटी सेकाउने काम गर्छन् भने सत्तामा पुगेपछि चियाश्रमिकहरूको समस्याको कुरासमेत गर्दैनन्।तर गोर्खा जनमुक्ति मोर्चाको नयाँ सोचले अब यो परम्परा भत्काएर देखाउनेछ।चियाकमानहरूमा अबउसो पहिला काम त्यसपछि भोटको परम्परा शुरू हुनेछ। गोर्खा जनमुक्ति मोर्चा यसपालि चियाकमानहरूको समस्या लिएर होइन तर समाधानको कोशेली लिएर चियाबगान पस्नेछ।यो हाम्रो आश्वासन होइन प्रतिवद्धता हो।

चियाकमानको समस्याको समाधान टेबलमा नै हुनेछ। कमान बन्द गरेर होइन तर कमानको समस्याहरू खुल्लारूपमा देखाएर समस्याको समाधान हुनेछ। यसपल्ट गोर्खा जनमुक्ति मोर्चाले त्यही काम गरेको छ। विपक्षी राजनैतिक दलका सिजनल नेताहरूले आगामी चुनाउ हेरेर चियाश्रमिकहरूसमक्ष आन्दोलनको विज्ञापनमात्रै देखाए हामीले सरकारलाई श्रमिकहरूको समस्या देखाइदियौं, तर्क-वार्तामार्फत सरकारलाई श्रमिकहरूको समस्या बुझाउन सफल बन्यौं। हाम्रो सफलताको फल अब पाकिसकेको छ। चियाश्रमिकहरूको आङ्मा अब चाड़ै न्यानो घाम लाग्नेछ।

तिनले अन्तमा पहाड़का सम्पूर्ण चियाश्रमिकहरूलाई जोइन्ट फोरमको विज्ञापनरूपा 3 दिने बन्दको आन्दोलन विफल तुल्याइदिएकोमा धन्यबाद दिँदै यस्ता सिजनल नेताहरूलाई चियाकमानको आर्थिक अवस्था अनि युवापीढ़िको भविष्य बिगार्ने खाल्को आन्दोलन गर्न आगामी समयहरूमा पनि साथ- सहयोग नदिने पनि अपिल गरेका छन् ||

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन बीओए अध्यक्ष बिनय तामांगले एउटा प्रेस विज्ञप्ति जारी गर्दै पहाड अनि समतलका चिया श्रमिकहरुले मिनिमम वेजेस एक्ट सम्बन्धि चाडैं नै खुशीको खबर सुन्न पाउने बताएका छन् |

Read latest post filed under North Bengal, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.