एचपीडब्ल्युयु सिन्कोना ब्रान्च कमिटि गठन

Former MLA NB Chhetri addressing HPWU Cinchona Branch meeting
मङपु, ६ अगस्त, निस: पहाडको उध्योग मध्ये सिन्कोना उध्योग एक ऐतिहासिक उध्योग हो | १५३ वर्षकालको समय अवधि सिन्कोना उध्योगको हालत बेहाल छ | साथै थुप्रै समस्याहरु पनि छन् | यी समस्याहरु अध्ययान गर्दै समाधानको बाटो खोज्न सिन्कोना बगान मङपुमा आइतबार रोय बङलो प्रेक्षागृहमा एउटा सभाको आयोजन गर्दै एचपीडब्ल्युयु सिन्कोना ब्रान्च कमिटि अस्तित्वमा आएको छ | जीएनएलएफ भ्रातृ संगठन एचपीडब्ल्युयु मङपुको आयोजनामा सभा गर्दै उक्त एचपीडब्ल्युयु सिन्कोना ब्रान्च गठन गरिएको हो | सभामा सिन्कोना बगान क्षेत्र रोंगो, मंसोंग, काश्यम,लाठ सिटोङ लगायत मङपु सिन्कोना बगानका एचपीडब्ल्युयु प्रतिनिधिहरुका उपस्थितिमा सभा गर्दै अस्तित्वमा आएको सिन्कोना ब्रान्चको सभापति पुर्व विधायक एनबी छेत्रीलाई चयन गरिएको छ भने कार्यकारिणी सभापति आशिषदीप राई, सचिव घना प्रधान मंसोंग, उप सभापति नगेन राई मंसोंग, रमित गुरुङ रोंगो, सहसचिव तुलसी खवास रोंगो, कोषाध्यक्ष अल्बर्ट घिसिंग मङपु लगायत पाँच पाँच जनाको कार्यकारिणी सदस्यहरु चयन गरिएको छ |
चमन प्रधानको सभापतित्वमा सम्पन्न सभामा प्रमुख वक्ता पुर्व विधायक एनबी छेत्रीले आफ्नो सम्बोधनमा सिन्कोनाको पदोन्नतिको प्रसंग झिक्दै विगतको पदोन्नतिमा मनोपली भएकोले बर्तमानमा आएर पदोन्नति ठप्प भएको हो र उक्त पदोन्नतिमा कोर्टको मुताबिक रोकिएको हुँदा यस विषयमा जीटीएले केही गर्न नसक्ने बताए | यसको साथै सिन्कोना खेती बारे हाल मङपुमा अवस्थित सिन्कोना कारखानाबाट उचित परिमाणमा दबाई उत्पादन नहुने हुँदा उन्नत तकनिकी भित्राएर सिन्कोना कारखाना बनाउनु पर्ने कुरो बताए | तिनले भने राज्य र देशमा भएका कतिपय ठुला कम्पनीहरुसित सम्झौता गरि नयाँ पध्व्तीले सिन्कोना कारखाना बनाउन सकिन्छ | एचपीडब्ल्युयु मङपु सभापति गणेश ठकुरीले संचालन गरेको सभामा आशिषदीप राई, बुद्ध लामा, रन्बीर गुरुङ, घना प्रधानले पनि बक्तब्य राखेका थिए ||

पहाडको उध्योग मध्ये सिन्कोना उध्योग एक ऐतिहासिक उध्योग हो | १५३ वर्षकालको समय अवधि सिन्कोना उध्योगको हालत बेहाल छ | साथै थुप्रै समस्याहरु पनि छन् | यी समस्याहरु अध्ययान

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.