Mungpoo Youth Club to organise Gold Cup

मङपु गोल्ड कप ७ अक्टोबरदेखि

विगत केही वर्षहरुदेखि मङपु जन मैदानमा सम्पन्न हुँदै आइरहेको गोल्ड कप फूटबल टुर्नामेन्ट यस वर्ष पनि हुने प्राय: निश्चित भइसकेको छ | मङपु युथ क्लबको आयोजनामा सम्पन्न हुने यस टुर्नामेन्टमा आकर्षक नगद पुरस्कार राखिएकोले दार्जीलिंग, सिक्किमदेखि लिएर छिमेकी देशहरु नेपाल भुटानका टीमहरुले पनि अंशग्रहण गर्दै आइरहेको छ | मङपु युथ क्लब सचिव दिब्या प्रकाश बोम्जनले क्लबकै कार्यलयमा एउटा पत्रकार सम्मेलन डाकेर आगमी ७ अक्टोबरदेखि उक्त टुर्नामेन्ट हुने घोषणा गरेका छन् | सचिव बोम्जनले जनाए अनुसार यस वर्ष पनि स्थानीय, राष्ट्रीय साथै अन्तराष्ट्रिय टीमहरु गरेर जम्मा १४ वटा फूटबल टिमहरुले अंश ग्रहण गर्ने बताएका छन् जसमा दार्जीलिंग, सिक्किमका टीमहरु अनि जीटीसी सिलोङ, केएफसी, रोयल एफसी आदि नामी टीमहरु संगै अन्तराष्ट्रीय टीमहरुमा नेपाल अनि भूटानका टीमहरुले पनि मङपुमा आयोजन हुने गोल्ड कप टुर्नामेन्ट खेल्ने भएका छन् | यस टुर्नामेन्टको फाइनल खेल मङपुको सबै भन्दा ठुलो कार्यक्रम अथवा पर्व दिपावली सपोर्टको भोलिपल्ट अर्थात १२ नोभेम्बरको दिन सम्पन्न हुनेछ | मङपु युथ क्लब सचिवले जनाए अनुसार आगमी वर्षहरुमा विजयी दललाई १ लाख अनि पराजय दललाई ५० हजार नगद पुरस्कार दिइने गरिन्थ्यो भने यसवर्षदेखि विजयी दललाई 2 लाख साथै पराजय दललाई १ लाख रुपियाँ नगद पुरष्कार दिइने योजना रहेको बताए ||

विगत केही वर्षहरुदेखि मङपु जन मैदानमा सम्पन्न हुँदै आइरहेको गोल्ड कप फूटबल टुर्नामेन्ट यस वर्ष पनि हुने प्राय: निश्चित भइसकेको छ | मङपु युथ क्लबको आयोजनामा सम्पन्न हुने यस टुर्नामेन्टमा आकर्षक

Read latest post filed under mungpoo news, sports

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.