मङपुको रङबी विभाग निवासी जेबी मोक्तानले १०० वर्ष पुरा गरेर मानव चोला त्याग गरे | आज ३ बजेर २७ मिनट जाँदा अन्तिम स्वास लिएका मोक्तान समयमा ब्रिटिस कुल्ली भर्तिमा भर्ना भई हङकङसम्म पुगेका थिए भने १९६८ सालमा गुरुजी राजदास महाराजबाट प्रणामी धर्म अनुसरण गर्दै आज पर्यान्त मानवहितको मार्गमा समर्पित थिए | तिनको निधनमा श्री कृष्ण प्रणामी धर्मसभा मन्दिर संचालन समिति एवम सम्पूर्ण सुन्दरसाथले गहिरो शोक प्रकट गरेको छ भने स्वर्गीय मोक्तानले ३ छोरा, दुई छोरी अनि नाता नातिनालाई छोडेर गएको छ | यस दु:खको घडीमा परमात्माले शोकित परिवारमा सहन गर्ने क्षमता प्रदान गरुन भन्ने समितिले कामना गरेको छ | बर्तमान समयको हावा पानी र खानाले १०० वर्षसम्म बाँच्न प्राय: असम्भव पर्ने हुनाले गाउँकै एक वृद्धको निधनमा सम्पूर्ण गाउँबासीनै शोकमा डुबेका छन् भन्ने जानकारी मन्दिर संचालन समितिको पक्षमा दुष्यान्त रामुदामुले दिएका छन् ||
Post a Comment
We love to hear from you! What's on your mind?