गोरामुमो पहाडको एक नम्बर विपक्षी पार्टी: निमा लामा

GNLF number one opposition party in the hills said Nima Lama
पहाडको राजनैतिक दलहरु मध्ये गोर्खा राष्ट्रीय मुक्ति मोर्चा पुन: बौरी उठेर बर्तमान एक नम्बर विपक्षी पार्टी बनेको छ | गोरामुमो संस्थापक सुबास घिसिंगले गर्दा नै गोर्खा र गोर्खाल्याण्ड शब्द जीवित छ | जीटीए हाल संकटमा छ | पैसा बाँडेर पहाडको राजनीति चल्दैन | पैसा बाँड्नेहरुले पहाडको अवस्था गम्भीर बनाई सकेको छ | उक्त कुरा गोरामुमोको नवगठित स्टेरिङ कमिटि सदस्य निमा लामाले मङपु लाठ पन्चर समष्टिको आयोजनामा यहाँको रियाङ खोलामा आयोजित प्रतिनिधि सभालाई सम्बोधन गर्दै भनेका हुन् |
सभामा गोरामुमो पहाडको एक नम्बर विपक्षी पार्टी रहेको किटान गर्दै जातीय मुद्दा र जनपक्षीय नीति र जन आकांक्षा माथि गम्भीर बन्दै राजनैतिक सरोकार राखेको बताए | यसको साथै यसपालीको लोक सभा चुनाव दार्जीलिंग पहाड र गोर्खा जाति हितको निम्ति गोरामुमोले गम्भीरता साथ लिने पनि बताए |
पीके सुब्बाको सभापतित्वमा आयोजित सभाले गोरामुमोको भावी रणनीति, पार्टीको संगठनात्मक भूमिका एवम चुनावी मुद्दामाथि व्यापक चर्चा भयो | यसै सभाले सात जनाको मङपु लाठपन्चर कमिटि गठन गर्यो जसमा समष्टि प्रतिनिधिहरु क्रमश: पीके सुब्बा लाठपन्चर, निर्मल तामांग शेल्पू, उत्तम गुरुङ घलेटार, आरबी प्रधान मङपु, अल्बर्ट घिसिंग मङपु, केबी गुरुङ मङपु, आशिषदीप राई मिडिया सेल चयनित छन् |
सभामा कैलाश पाख्रीन, चमन प्रधान, जेबी राई, निर्मल तामांग, आनन्द राई, ज्ञानदीप राई, गणेश ठकुरी आदिले पनि सम्बोधन गरेका थिए | प्रतिनिधि सभमामा मङपु, लाठपन्चर, घलेटार, सिटोङ एक अनि दुई, रन्जुभेल्ली आदिका गोरामुमो कार्यकर्ताहरु बिशेष रुपले उपस्थित रहेका थिए ||

पहाडको राजनैतिक दलहरु मध्ये गोर्खा राष्ट्रीय मुक्ति मोर्चा पुन: बौरी उठेर बर्तमान एक नम्बर विपक्षी पार्टी बनेको छ | गोरामुमो संस्थापक सुबास घिसिंगले गर्दा नै गोर्खा र गोर्खाल्याण्ड शब्द जीवित छ |

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.