शुरु भयो चेयरमेन्स गोल्ड कप २०१८, रोयल एफसी सामु टिकेन आर्यन्स क्लब

GTA Chairman´s Gold Cup 2018 Opening match Royal FC Siliguri Vs Aryans Club at Salugara Ground
रोयल एफसी बनाम आर्यन्स क्लब माझ भिडान्त
Binay Tamang, Anit Thapa, Gautam deb at GTA Chairman´s Gold Cup 2018 opening salugara
उद्घाटनी कार्यक्रममा उपस्थित बिनय तामांग, गौतम देब, अनित थापा अनि अन्य
अन्तत: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको स्पोर्ट्स युथ एण्ड वेलफेयर डिपार्टमेन्ट साथै जीटीए स्पोर्ट्स काउन्सिलको संयुक्त तत्वाधानमा आजसम्म पर्खेर बसेको जीटीए चेयरमेन्स गोल्ड कप २०१८ (GTA Chairman's Gold Cup 2018) सलुगडाको नेत्रबिन्दु संघ मैदानबाट  आइतबार ९ दिसम्बरदेखि धुमधाम रंगारंगी सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको छ | जुन उद्घाटनी कार्यक्रममा राज्य पर्यटन मन्त्री गौतम देव अनि जीटीए बीओए चेयरमेन बिनय तामांग मुख्य रुपले उपस्थित रहेका थिए |




[update title="म्याच रिपोर्ट:" icon="info-circle"]
रोयल फूटबल क्लब सिलिगुडी अनि आर्यन्स क्लबमाझ भिडन्त भएको शुरुवाती म्याचमा रोयल एफसीले १ गोलको विरुद्ध ५ गोल दागेर विजयी बने | खेल शुरु भएको १८ मिनट नबित्दै रोयल एफसीका खेलाडी सुजन लिम्बुले एक गोल गरेर विपक्षीलाई थर्काए | पहिलो हाफमा केवल एक गोल मात्र गरे पनि विपक्षीको निम्ति आक्रामक बनेको रोयल एफसी दोश्रो हाफमा झनै आक्रमक बनेर गयो जसको कारण ७० मिनटमा पुन: सुजन लिम्बु, ८५ मिनटमा सिधान्त छेत्रीले एक एक गोल थपे | यसरी विपक्षीले १ गोल गर्दा नगर्दा रोयल एफसीले जम्मा ५ गोल बनाएर जीत पक्का गरिसकेका थिए |
अब आज (१० दिसम्बर) को म्याच युनाइटेड दार्जीलिंगको भिडन्त कालीघाट एमएससित सुकना हाइ स्कूल मैदन्मा हुनेछ भने अर्को म्याच साउथर्न समितिको कालेबुंग 11 सित मङपु जन मैदानमा घमासान भिडन्त हुनेछ |

जीटीए क्षेत्रबाट जम्मा ४ वटा टीम अनि सिक्किम, पश्चिम बङ्गाल अनि अन्य राज्यहरुबाट जम्मा १६ वटा नामी टीमहरुले भाग लिएको यस टुर्नामेन्ट सलुगडा, सुकना, मङपु, मिरिक, खरसाङ, दार्जीलिंग अनि कालेबुङका मैदानहरुमा सम्पन्न हुनेछ जसको फाइनल खेल कालेबुङको मेला ग्राउण्डमा हुनेछ |
[/update]

जीटीए बीओए चेयरमेन बिनय तामांगले बताए अनुसार यस टुर्नामेन्टको विजेता अनि अन्य ट्रफीहरुमा जम्मा १४ लाख मुल्य बराबरको सुन जडान गरिएको छ भने यस बाहेक विजेता टीमलाई ३ लाख नगद राशी अनि उपविजेतालाई 2 लाख नगद राशी पनि पुरस्कारको रुपमा दिइनेछ |
चेयरमेन तामांग यस टुर्नामेन्टको आयोजनले दार्जीलिंग पहाडको ३३ साल पुरानो फूटबलको गौरव फर्किने कुरोमा बिश्वस्त छन् | “केही स्वघोषित अनि बिना भिजनको नेताहरुले पहाडको अवस्था खराब गरेको थियो तर अब ट्राकमा आइसकेको छ” – तामांगले भने |

उद्घाटनी म्याचमा जीटीए बीओए उपाध्यक्ष अनित थापा साथै जर्मनीबाट आएका निकोलाई ऐडम्स अनि फेलिक्स पनि उपस्थित रहेका थिए | जर्मनीबाट आएका यी प्रतिनिधिहरुले सम्पूर्ण खेलमा निग्रानी राखेर नै दार्जीलिंग पहाडबाट उत्कृष्ट खेलाडीहरु चयन गरेर जर्मनीमा फूटबल ट्रेनिङ गराउने भएको छ |

अन्तत: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको स्पोर्ट्स युथ एण्ड वेलफेयर डिपार्टमेन्ट साथै जीटीए स्पोर्ट्स काउन्सिलको संयुक्त तत्वाधानमा आजसम्म पर्खेर बसेको जीटीए चेयरमेन्स गोल्ड कप २०१८ (GTA Chairman's Gold Cup 2018) सलुगडाको नेत्रबिन्दु संघ मैदानबाट आइतबार ९ दिसम्बरदेखि धुमधाम रंगारंगी सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको छ |

Read latest post filed under sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.