रङबी विभागमा घर जलेर खरानी

Fire burnt house at Rungbee Bhaisetar - gautam Rai
Fire burnt house Rungbee Cinchona Division
Fire at Rungbee Divisonमङपु, ८ जनवरी, राजेश थापा : मङपु सिन्कोना बगान अधिनस्थ यहाँको भैँसेटारमा गौतम राईको घर जलेर खरानी भएको छ | प्राप्त जानकारी अनुसार आज बिहान करीब ११ बजेतिर अचानक इलेक्ट्रिक सर्ट सर्किटको कारण घरमा आगो लागेको हो | गौतमकी पत्नी चन्द्रिका राई सिन्कोना बगानमा काम गर्ने साथै गौतम स्वय कार्टपेन्टर दैनिक रोजकारीको काम गर्ने भएकोले बिहान कोही नभएको समय अचानक यसरी आगो दन्केको देखेपछि वरिपरिका छिमेकीहरुले मार्ने सक्दो कोशिश गरेपनि आगो अनियन्त्रित बनेको थियो जसको कारण घरभित्र रहेका सम्पूर्ण सामानहरु निकाल्न सकिएन, जलेर खाक बन्यो भने परिवार पूर्णरुपले बेघर बनेको छ | दुई छोरा मध्ये एउटा छोरा राज राईको यसैपाली माध्यमिक परिक्षा रहेको कारण बगानको कामले मात्र परिवार पाल्न र पढाउन गाह्रो पर्ने हुनाले अभिभावक गौतमलाई यस घटनाले झनै चर्को पारेको छ | अग्निकाण्डपछि सिन्कोना बगान व्यवस्थापक गोपाल लामिछाने साथै सिन्कोना रङबी विभागीय ग्याङमेन मदन राईले पनि घटनाको पूर्ण जायजा लिंदै विभागबाट पाउन सक्ने सहुलियतहरु दिलाइदिने आस्वाशन दिंदै परिवारलाई यस दु:खको घडीमा हतास नहुने सान्त्वना दिए भने मङपु पुलिस आउटपोस्ट अधिकारी पासाङ तामांग पनि घटनास्थल पुगेका थिए साथै राई विकाश बोर्डका पधाधिकारीहरु पनि घटनाको निरीक्षण गर्न पुगेका थिए | परिवारमा आएको यस्तो आकष्मिक दु:खको घडीमा हालसम्म स्थानीय ग्राम सुधार समाजले बर्तमान स्थितिमा चाहिने आवश्यक खाने सामान साथै अन्य उपयोगी सामाग्रीहरु दिएर सहयोग गरेको छ ||  

मङपु सिन्कोना बगान अधिनस्थ यहाँको भैँसेटारमा गौतम राईको घर जलेर खरानी भएको छ | प्राप्त जानकारी अनुसार आज बिहान करीब ११ बजेतिर अचानक इलेक्ट्रिक सर्ट सर्किटको कारण घरमा आगो लागेको हो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.