गोर्खा जनजातिको औचित्य जाँच गर्ने कमिटि अनि जीटीए माझ लालकोठिमा बस्यो वैठक

Gorkha tribal finding commttee in gta lal kothi
गोर्खा समुदायका 11 वटा जात-गोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्न केन्द्र सरकारको जनजाति मन्त्रालयद्वारा औचित्य जाँच गर्न गठन गरेको कमिटिका प्रतिनिधीवर्गले जीटीए बोर्ड अधक्ष विनय तामङलाई भेट गरेका छन्। प्रतिनिधी टोलिले जीटीए प्रशासनसँगै 11 जातका प्रतिनिधीवर्गसँग पनि छुट्टै वैठक गरेका छन्।

सिक्किम अनि दार्जीलिङ भ्रमणमा आएका प्रतिनिधी टोलिले आज लालकोठिका जीटीए अध्यक्ष विनय तामाङसँगै अन्य अधिकारीवर्गसँग वैठक गरेका थिए। यसका साथै उनीहरूले लालकोठीमा नै यस दार्जीलिङको युनाइटेड गोर्खा कम्युनिटी फोरम र गोर्खा जनजाति कल्याण समितिका पदाधिकारीवर्गसित पनि छुट्टै बैठक गरेका थिए। वैठकपछि उनीहरू बिजनबारीको भ्रमणमा गएका छन् भने वैठकबारे मिडियामा कुनै बयान भने दिएनन्।
यता वैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै भारत सरकारको जनजातिसित सम्बन्धित विभागका पदाधिकारीवर्ग यहाँ आएर जीटीए प्रशासनसँग  भेट गर्नु नै महत्वपूर्ण कुरा रहेको विनय तामाङले बताएका छन्। ‘जीटीएलाई भेट्नु नै सम्पूर्ण दार्जीलिङ पहाडका जनतासित भेट गर्नु हो’ तामाङले भने। यसका साथै वैठकमा उनले कमिटिका प्रतिनिधीवर्गलाई उनले 11 वटा जात-गोष्ठीलाई जनजातिको मर्यादा दिने मुद्दालाई आरजीआईले दुइपल्ट किन खारेज गर्यो? भन्ने प्रश्न गरेको पनि बताएका छन्।
27 सितम्बर 2018-को दिन 11 वटा जात-गोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्नुपर्ने सन्दर्भमा बङ्गाल सरकारले पठाएको अनुमोदनलाई आरजीआईले दुइपल्ट खारेज गरिदिएको थियो। यसैले 4 वर्षमा जनजातिको मुद्दा कमिटीमा नै सीमित बनेर रहेको छ। अहिले पनि यो कमिटीले रिपोर्ट संकलन गर्ने कुरा नै गरिरहेको छ, जुन रिपोर्ट अघिबाटै विशु मैनी कमिटी र अर्को कमिटीले गरिसकेको थियो। यसबारे विमल गुरूङ, रोशन गिरी आदिले किन केन्द्र सरकारसित कुरा गरेनन्?’ विनय तामाङले भने।
उनले वैठकमा कमिटिका प्रतिइधी टोलिलाई आफ्नो रिपोर्ट आगामी 2 हप्ताभित्रमा सुम्पिने माग गरेको पनि बताएका छन्। ‘मैले आज जनजाति मन्त्रालयकी सचिव मीरा रञ्जन छिरीङको अगुवाईमा आएको यस कमिटी टोलीलाई सम्बन्धित मन्त्रालय वा सरकारसमक्ष दुइ सप्ताहभित्र आफ्नो रिपोर्ट बुझाइदिने अपील गरेको छु। ताकि 11 वटा जात-गोष्ठीलाई जनजातिको मर्यादा दिने विधेयक केन्द्र सरकारले संसदको आगामी बजेट सत्रमा पेश गरेर पास गर्ने काम गर्न सकोस्। किनभने, संसदको यो बजेट सत्र आगामी 31 जनवरीदेखि 13 फरवरीसम्म चल्ने भएको छ’ विनय तामाङले वैठक पछि पत्रकारहरूलाई भने।
यसैक्रममा उनले पत्रकारहरूलाई सम्बोधन गर्दै 11 जातगोष्ठिलाई जनजातिको मान्यता दिलाउने मुद्दामा आफुले कुनै पनि कार्य गर्न तयार रहेको बताएका छन्। यसैक्रममा उनले आफु भोक हडतालमा जानसमेत पछि नहट्ने बताएका छन्।
11 वटा जात-गोष्ठीलाई जनजातिको मर्यादा दिलाउन म कुनै पनि हदसम्म जानसक्छु, चाहे भोक हड्तालमा जानपरे पनि जानेछु’ विनय तामाङले स्पष्टभने। यसका साथै उनले यस मुद्दालाई आगामी लोकसभा चुनाउमा पार्टीको प्रमुख दोस्रो मुद्दा बनाउने घोषणा पनि गरेका छन्। ‘आगामी लोकसभा चुनाउमा पार्टीले मन मिल्ने कुनै पनि पार्टीसित मिलेर चुनाउ लड्न परे पनि गोर्खा जातिको राष्ट्रिय परिचय र सुरक्षाको मुद्दालाई प्राथमिक मुद्दा बनाउने अनि जनजातिको मुद्दालाई दोस्रो मुद्दा बनाउने छौँ। यसबारे गठबन्धन गरिने पार्टीसित पनि कुराकानी गरिनेछ’ विनय तामाङले भने।
अर्कोतर्फ आज लालकोठीमा नै यस कमिटीका सदस्यहरूले दार्जीलिङको युनाइटेड गोर्खा कम्युनिटी फोरम र गोर्खा जनजाति कल्याण समितिका पदाधिकारीवर्गसित बैठक गरे। जसपछि पत्रकारहरूसित कुराकानी गर्दै  जनजातिको मागकर्ताहरूलाई नेतृत्व दिने एसपी प्रधानले जनजातिको मुद्दा सफल नभए सरकारको विरोधमा सडकमा ओर्लिने चेताउनी दिए। उनले भने-11 वटा जात-गोष्ठीलाई जनजातिको मर्यादा दिने विषयमा खेलाँची नहोस्। यता हिजो साँझपख दार्जीलिङ आइपुगेका यस कमिटीका सदस्यहरूले आज बिजनबारी क्षेत्रको भ्रमण गरे।
 http://www.gafsaff.com

गोर्खा समुदायका 11 वटा जात-गोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्न केन्द्र सरकारको जनजाति मन्त्रालयद्वारा औचित्य जाँच गर्न गठन गरेको कमिटिका प्रतिनिधीवर्गले जीटीए बोर्ड अधक्ष विनय तामङलाई भेट गरेका छन्। प्रतिनिधी टोलिले जीटीए प्रशासनसँगै 11 जातका प्रतिनिधीवर्गसँग पनि छुट्टै वैठक गरेका छन्।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.