मङपु, १४, अप्रेल राजेश थापा : बिकास मेरो प्राथमिकता होइन, बिकास त हामी गर्छौं नै गर्छौं तर हाम्रो मुख्य प्राथमिकता भनेको तपाईहरु उभ्दै गरेको घडेरी पक्का बनाउन पायो भने त्यो नै हाम्रो निम्ति ठुलो उपलब्धि हो | यसैले तपाईहरुले अमरसिंह राईलाई होइन, त्रिणामूल – गोजमुमोको झण्डालाई होइन तर तपाईहरुले आफ्नो भोट आफ्नो जमीन पक्का बनाउन पर्छ भन्ने सोंच राखेर हलिदिनुपर्छ भन्ने अपिल गर्दछु भन्दै टीएमसी प्रार्थी अमरसिह राईको समर्थनमा मङपुमा आयोजित चुनावी जनसभालाई सम्बोधन गर्दै गोजमुमो मूलसचिव तथा जीटीए बीओए उपाध्यक्ष अनित थापाले यसो भनेका हुन् | तिनले अझै भन्दै थिए मङपुबासी पनि सायद ९० प्रतिशत भूमिहिन छन् | हाम्रो भोटर कार्ड छ, यहाँ सरकारी काम भएकाहरु छन् तैपनि हामी भूमिहिन छौ | यसैले यसपाली मङपुबासी हरेकले आफ्नो भूमिलाई पक्का बनाउने सोंचेर भोट हाल्नपर्छ | बाटो झोडा नाला त पहिले देखि नै चलिआएको कुरा हो तर हामीलाई महत्वपूर्ण कुरा भनेको नै हाम्रो जमीन हो | जसको कागजपत्र हामीसित छैन | यसैले हामी यसपल्ट आफ्नो जमीन पक्का गर्नकै निम्ति अमरसिंह राईलाई जिताउनपर्छ | मुख्यमन्त्री ममता ब्यनार्जी जो गोर्खा भन्ने शब्द नै सुन्न नमान्ने | हामीले राम्रोसित बुझाउँदा बुझाउँदा अहिले तिनले खुल्ला मंचबाट गोर्खाको बिषयमा बोल्न थालिन त | अहिलेसम्मको इतिहासमा बङ्गालको मुख्यमन्त्री कसैले पनि गोर्खाको चिन्हारीको जिम्मेवारी म लिन्छु भनेर भनेको थिएन जो मुख्यमन्त्री ममता ब्यनार्जीले भनेकी छन् | यो नै हाम्रो निम्ति ठुलो उपलब्धि हो |
सम्बोधनकै क्रममा प्राथी अमर सिह राइले सिन्कोना बगानको हितको निम्ति यस पल्ट सोचेर नै घास फुलको चिन्हमा भोट दिने अपिल गरे | तिनले अझ भने - चिया बगानको पर्जापट्टा र सिन्कोना बगानको पर्जापट्टा अलग बिषय हो यो एउटा ठाउमा गाभ्नु हुँदैन | सिन्कोनाको मात्र अलगै कमिटि बनाएर पर्ज्जापट्टा दिने बिषयमा काम गर्नु पर्छ भनि हामीले सरकार समक्ष भनि सकेका छौ |
अर्का वक्ता टीएमसी नेता एनबी खवासले एनआरसीले गोर्खाहरु माथि पर्ने प्रभाव बारे पूर्ण जानकारी दिंदै एनआरसीको कारण यस पालीको भोट चुनाव भन्दा बडी हाम्रो निम्ति चुनौती भएर गएको छ यसैले एनआरसीबाट मुक्ति पाउनको निम्ति गोजामुमोद्वारा समर्थीत टीएमसी प्राथी अमरसिह राई भोट दिने अपिल गरे | गोजमुमो मङपुका राम पोख्रेलको अध्यक्षता अनि युवा मोर्चा केन्द्रीय प्रवक्ता अनित खातीद्वारा संचालित सभालाई गोजमुमो समर्थित टीएमसी पार्टी उम्मेदवार अमरसिंह राईलाई जिताउने पर्ने बिषयमा जोर दिंदै हिल त्रिणामूल महिला समितिका शारदा सुब्बा, मोर्चा मङपु लाब्दा समष्टि सचिव गगन राई, किरण ब्लोन, रतन लामा, युवा मोर्चाका बिज्ञेन मिश्रले पनि सम्बोधन गरेका थिए | सभामा समष्टि पुर्व सभासद रतन थापा, जीटीए पीआरओ आरबी लामा, समष्टि गोजमुमो सभापति एडवर्ड लेप्चा लगायत टीएमसी अनि मोर्चाका अन्य नेतृत्व साथै समर्थकहरुको पनि उपस्थिति रहेको थियो ||

Post a Comment
We love to hear from you! What's on your mind?