Gorkha janmukti Vidharthi Morcha Mungpoo Zone

नयाँ संयोजक चयन गर्दै विधार्थी मोर्चाले गरे अमरसिंह राईलाई समर्थन

बर्तमान दिनहरुसम्म प्राय: निष्क्रिय रहेको गोर्खा जनमुक्ति विधार्थी मोर्चा बिनय खेमा मङपु जोनको एउटा महत्वपूर्ण सभा विधार्थी मोर्चा केन्द्रीय समिति उपाध्यक्ष बिश्वास छेत्रीको अध्यक्षतामा बसेर पुनर्गठनपुर्वको निम्ति संयोजकहरु चुनिएको छ | सभाको परिणाम अनुसार मङपुको हरेक विभागहरुबाट एक – एक जना संयोजकहरु चयन गरिएको छ जसमा कबेन्द्र थामी, मर्कुश राई, प्रनेश गुरुङ अनि भिषण राई आदिका नाम उल्लेखित छन् | यी चुनिएका संयोजकहरुले आफ्नो विभागका विधार्थीहरुलाई प्रतिनिधित्व गर्ने भएको जानकारी प्राप्त छ | यसरी अचानक संयोजक चयन गर्नुको मुख्य उदेश्य आगमी केही दिनभित्रमै हुने १७ औं लोकसभा चुनावका टीएमसी प्रत्याशी अमरसिह राईलाई समर्थन गर्नु बुझिएको छ | विधार्थी मोर्चाले समर्थन गर्न यस कारणले उचित ठानेको छ कि अमरसिंह राई एक शिक्षक रहेको कारण पहाडमा उनको दुरदर्शिता र नेतृत्वले शिक्षाको क्षेत्रमा पनि धेरै प्रगति भएर जाने आशा रहेको छ | यसको साथै मङपु क्षेत्रमा निर्माणाधीन आइटीआई, मोडेल स्कुल अनि आगमी दिनमा निर्माण हुने युनिभर्सिटीलाई पनि तिनको सहयोग साथै मार्गदर्शनको खुबै आवश्यकता पर्ने विधार्थी मोर्चाको बिश्वास छ | पवन मंगरद्वारा संचालित सभामा गोर्खा जनमुक्ति मोर्चा मङपु लाब्दा समष्टि महासचिव गगन राई, युवा मोर्चा खरसाङ महकुमा समिति सचिव बिज्ञेन मिश्र साथै युवा मोर्चा मङपु लाब्दा समष्टि सन्जन थापाको पनि उपस्थिति रहेको थियो भने सभाले ३० जनाको कार्यकारिणी सदस्य टोली पनि छनौट गरेको छ || 

बर्तमान दिनहरुसम्म प्राय: निष्क्रिय रहेको गोर्खा जनमुक्ति विधार्थी मोर्चा बिनय खेमा मङपु जोनको एउटा महत्वपूर्ण सभा विधार्थी मोर्चा केन्द्रीय समिति उपाध्यक्ष बिश्वास छेत्रीको अध्यक्षतामा बसेर पुनर्गठनपुर्वको निम्ति संयोजकहरु चुनिएको छ |

Read latest post filed under Election, mungpoo news, political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.