दार्जीलिंग लोकसभा केन्द्रका बामफ्रन्ट प्रार्थी समन पाठकको निम्ति प्रचार प्रसार कार्यक्रम मङपु क्षेत्रमा पनि शुरु भएको छ | चिया कमान र सिन्कोना बगानका श्रमजीवी मजदुरवर्गको न्युनतम वेतनका संग्रामरत उनी छन् साथै राज्य सभामा सांसद सदस्य हुँदा चिया बगान र सिन्कोना बगानका जमीनमा बसोबासो गर्ने मेहनती मजदुर, कर्मचारीवर्गका पैत्रिक जमीनका पट्टा प्रदान हुनपर्छ भन्ने अनि बर्तमान सडकमा आन्दोलनरत रहने उम्मेदवार समन पाठक रहेको दाबी पार्टीले गरेको छ | दार्जीलिंग पहाडमा शान्ति, गणतन्त्र र एकताको निम्ति एक सैनिकको रुपमा खडा रहेका समन पाठक १७ औं लोक सभा चुनावका दार्जीलिंग लोकसभा सिट बामफ्रन्ट द्वारा मनोनित उम्मेदवारलाई हँसिया, मर्तोल, ताराको चिन्हमा विपुल भोट दिएर विजयी बनाउने मङपु सिन्कोना बगान मजदुर युनियन संघ सम्पूर्ण जनसाधारण मानिसहरुप्रति अपिल गरेको एक विज्ञप्ति मार्फत खगेन्द्र बराइलीले दिएका छन् ||

Post a Comment
We love to hear from you! What's on your mind?