2563rd Buddha Jayanti celebrated in Mungpoo

विभिन्न स्थानमा भगवान बुद्धको २५६३ वां जन्म जयन्ति पालन

आज वैशाख पुर्णिमा अर्थात भगवान बुद्धको २५६३ वां जन्म जयन्ति मङपु क्षेत्रका विभिन्न बौद्ध गुम्बाहरुमा विगत केही दिन अघिदेखि नै विभिन्न बुम पाठ, प्रवचन तथा अभिषेक वितरण गरि सम्पन्न भयो | यही लहरमा लाब्दा विभाग स्थित दोङाग छ्योलिङ सार्वजनिक बौद्ध गुम्बामा भव्यताको साथ गौतम बुद्धको जन्म जयन्ति पालन गरियो | बिहानैदेखि भीड लागेका हजारौं भक्तजनहरुले छ्योतेन गुम्बा देवराली सिक्किमबाट आएका टुल्कु छोकटुल थेरबोम सेंगेको बाहुलीबाट पवित्र अभिषेक ग्रहण गरे | साथै गुम्बाका प्रमुख लामा उदय पाख्रीन अनि अन्य सहयोगी लामाद्वारा गत १२ मईदेखि नै बुम पाठ गरिएको थियो |
यसरीनै मङपु विभाग गोपाल धुरा स्थित छोइखोरलिङ सार्वजनिक बौद्ध गुम्बामा पनि बुद्ध लामाको अगुवाईमा बुद्ध जयन्ति पालन गर्दै अभिषेक वितरण गरियो | गुम्बा संचालन समिति सभापति युसी योन्जन अनि सचिव सीकी वाइबाले बुद्ध जयन्ति सफल बनाउन जुटेका सम्पूर्ण प्रति कृतज्ञता प्रकट गरेका छन् |
बिचकमान विभागभित्र पर्ने झोकछेन कोनछ्योक च्यिदुई सार्वजनिक गुम्बा कपिस डाँडामा खरसाङ सिपाईधुराबाट आएका सोनाम लामाद्वारा अभिषेक वितरण गरियो भने देछेन थार्बालिङ सार्वजनिक बौद्ध गुम्बा रङबी विभाग भैँसेटारमा जिग्मी टुल्कुको बाहुलीबाट अभिषेक वितरण गरियो साथै लालबीर लामाको अगुवाईमा बुम पाठ आदि गरिएको थियो | यसरी नै झ्याङछुब छोइखोरलिङ सार्वजनिक बौद्ध गुम्बा लगायत रेसेप गुम्बामा पनि भगवान बुद्धको जन्म जयन्ति पालन गरियो ||


आज वैशाख पुर्णिमा अर्थात भगवान बुद्धको २५६३ वां जन्म जयन्ति मङपु क्षेत्रका विभिन्न बौद्ध गुम्बाहरुमा विगत केही दिन अघिदेखि नै विभिन्न बुम पाठ, प्रवचन तथा अभिषेक वितरण गरि सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.