गोर्खाल्याण्ड - भाजपाको केन्द्रीय समितिले लिने निर्णय हो - जिम्बा

गोरामुमोको केन्द्रीय समिति पुनर्गठन

लगभग 1 वर्षपछि गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय समितिको पुनर्गठन भयो। लगभग 1 वर्षअघि गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशअनुसार, गोरामुमो केन्द्रिय समितिसँगै सबै भ्रातृ संगठनहरूलाई विघटन गरिएको थियो। आज गठन गरिएको गोरामुमो केन्द्रिय समितिमा 43 जना सदस्य मनोनित गरिएको आज मनोनित भएका गोरामुमो केन्द्रिय समितिका सह-प्रवक्ता अजय एड्वर्डले जानकारी गराएका छन्।
यसैबीच, गोरामुमो दार्जीलिङ शाखा समिति, खरसाङ शाखा समितिको गठन हुनका साथै विभिन्न पदाधिकारीहरूको पनि चयन गरियो। यसका साथै अजय एड्वर्डलाई गोरामुमो दार्जीलिङ शाखा समितिका अध्यक्ष बनाइएको छ भने खरसाङ शाखाका अध्यक्ष निमा लामालाई बनाइएको पनि उनले जानकारी गराएका छन्।
पार्टी अध्यक्ष मन घिसिङले आगामी 15 दिनभित्र शाखा समितिहरूलाई पुनर्गठन गर्ने निर्देश दिएको पनि उनले जनाए। उनले भने-गोरामुमो दार्जीलिङ शाखा समितिको पुनर्गठनपछि शाखा समितिले दार्जीलिङमा एक जनसभाको आयोजना गर्ने योजना बनाएको छ। किनभने, गत लोकसभा र विधानसभाको उपचुनाउमा जीत हासिल गरेर पनि अहिलेसम्म गोरामुमो वा भाजपाले एउटा जनसभा पनि गर्न सकेको छैन। यसैकारण गोरामुमो दार्जीलिङ शाखाको पुनर्गठन भएपछि एक जनसभा गर्ने योजना बनाइएको छ।
यसैबीच, एक प्रश्‍नको उत्तरमा एड्वर्डले भने-गोरामुमोले भाजपासित गठबन्धन गर्नुको एउटै मूल कारण स्थायी राजनैतिक समाधान हो। स्थायी राजनैतिक समाधान अलग राज्य गोर्खाल्यान्ड हो, यसैले दार्जीलिङ पहाडको लागि स्थायी राजनैतिक समाधान नभएसम्म यो गठबन्धन जारी रहनेछ। तर स्थायी राजनैतिक समाधान छैटौं अनुसूचीभन्दा ठूलो हुनपर्छ, यो गोरामुमोको स्पष्ट अडान हो। यसमाथि संसदमा आवाज उठाउनको लागि गोरामुमोले दार्जीलिङका सांसद राजु विष्टलाई पत्र पठाउने तय गरेको पनि उनले बताए।

यसैबीच, भाजपाका पश्‍चिम बंगाल प्रदेश अध्यक्ष एवं सांसद दिलीप घोषले गोर्खाल्यान्डको विरोधमा दिएको बयानबारे दार्जीलिङका विधायक निरज जिम्बाले गोर्खाल्यान्डको विरोध गर्नु भाजपाका प्रदेश अध्यक्ष दिलीप घोषको राजनैतिक बाध्यता हो भन्ने बताएका छन्। उनले भने-बंगालको कुनै पनि नेताले गोर्खाल्यान्ड हुनसक्छ, गोर्खाल्यान्ड दिनुपर्छ भन्न सक्तैन। तर यो भाजपाको केन्द्रिय समितिले लिने निर्णयको कुरा हो। जसले आफ्नो चुनावी घोषणा पत्रमा गोर्खा जातिको लागि स्थायी राजनैतिक समाधानको कुरा उल्लेख गरेको छ। यस विषय लिएर सांसद राजु विष्ट दार्जीलिङ आएपछि उनीसित एक बैठक गर्ने योजना बनाएको पनि उनले जनाए।

http://pratibymba.com

लगभग 1 वर्षपछि गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय समितिको पुनर्गठन भयो। लगभग 1 वर्षअघि गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशअनुसार, गोरामुमो केन्द्रिय समितिसँगै सबै भ्रातृ संगठनहरूलाई विघटन गरिएको थियो। आज गठन गरिएको गोरामुमो केन्द्रिय समितिमा 43 जना सदस्य मनोनित गरिएको आज मनोनित भएका गोरामुमो केन्द्रिय समितिका सह-प्रवक्ता अजय एड्वर्डले जानकारी गराएका छन्।

Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.