मंग्पू सेन्ट एन्थोनी स्कूलमा नानीहरु द्वारा वृक्ष रोपन

MUNGPOO(मंग्पू )जून १० , केशर मोक्तान :  हरियो बन राष्ट्रको धन भन्ने मूल उदेश्यलाई  शिरोपर गर्दै पर्यावरण दिवसलाई केन्द्रित गरेर आज सेन्ट एन्थोनी स्कूल मंग्पूका नानीहरुले लाब्दा बरबोटे डाँडामा पाँच सय भन्दा अधिक औषधीय पौदाका अमलाको विरुवाहरु रोपे | लाब्दा बिभाग सिन्कोना बगान ग्यांगम्यान बी० बी० मोहराको अध्यक्षतामा सम्पन्न वृक्ष रोपन कार्यक्रममा बगानका चप्रशी तेम्बा तामांग,चौकिदार कुमार मोहरा ,दिनेश बोम्जन ,नर्सरी इन्चार्ज भानु राई लगायत नर्सरीका कर्मचारी वर्ग ,स्कूलका प्रधान अध्यापक सन्तोष विश्वकर्मा साथै शिक्षक - शिक्षिकाहरु पनि उपस्थित थिए | रोपिएका पाँच सय अमलाको वृक्ष नानीहरुलाई सिन्कोना बगान नर्सरीबाट दिएको हुनाले विधालयक प्रधान अध्यापकले सिन्कोना बगान व्यवस्थापक सी० बी० थापा ,निर्देशक जी० सी० सुब्बा र बगानका सहव्यवस्थापक प्रति आभार प्रकट गरेका छन् | सिन्कोना बगान सरकारी पक्षबाट पनि औषधिमुलक झार- पातसित जोडिएको हुनाले एवम पहाडमा औषधीय पौदाहरु मासिँदै गएको कारण यसलाई संरक्षण गर्न नै आज यस क्षेत्रमा पौदाहरु नानीहरुबाट रोपिएको जानकारी प्रधान अध्यापकले दिएका छन् |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.