मंग्पूमा डा० रोहित शर्माले भन्यो " गोजमुमोले गोर्खाल्याण्ड मांग ड्रप गरेको छैन "

MUNGPOO(मंग्पू )जून ११,केशर मोक्तान : गोजमुमो विधायक डा० रोहित शर्माले विधान सभा चुनावमा आफूलाई सिन्कोना बासी जनताले बहुमत दिएर विजय तुल्याएकोमा  समस्त जनतालाई आभार व्यक्त गरे | गोजमुमो मंग्पू  जोन द्वारा आयोजित यस धन्यबाद  ज्ञापन समारोहलाई सम्बोधन गर्दै डा० रोहित शर्माले भने गोजमुमोले गोर्खाल्याण्डको मुद्दालाई त्यागेको छैन अब गोर्खाल्याण्डको निम्ति घडेरी निर्माण हुदैछ | हामी प्याकेजमा भुलेका छैनौ हामी गोर्खाल्याण्ड सम्म पुग्ने गोरेटो तयार गर्दैछौ भनी शर्माले बताए | यो मेमोरेन्डम अफ् एग्रिमेन्ट  अस्थायी व्यवस्था मात्र हो यो फूल एण्ड फाइनल सेटलमेन्ट होइन , जनताले यो यसलाई   फूल एण्ड फाइनल एग्रिमेन्ट हो भनेर सोच्नु हुदैन | हामीले ६ जून को दिन राज्य सरकार संग सात वटा विषयलाई लिएर मेमोरेन्डम अफ् सेटलमेन्ट तयारी गर्दा शुरुमा नै " गोर्खाल्याण्ड मांगलाई रद्द गरेका छैनौ " भनी भनेका छौ अनि त्यसमा राज्यका मुख्य सचिवले पनि सहि छाप गरेको विधायकले जनता समक्ष प्रष्ट पारे | हिज मात्र स्टडी फोरम बसेर एक मसौदा तयार गरेका छौ र त्यसलाई कुनै दिन सार्वजनिक गरिने कुरो पनि  शर्माले बताए | सिन्कोना बगानको समस्याको निम्ति आफू कोलकोता गएर राज्यका मन्त्री सित भेट गरि बातचित गर्ने कुरो बताउदै यहाँका भूमि पुत्र सिन्कोना बगानका निर्देशक डा० जी० सी० सुब्बासित आफू बसेर बगानको समस्याहरु समाधान गर्ने साथै यस क्षेत्रमा विकाश गर्ने कुरोहरु विधायकले जनाए | उनले मंग्पू  सरस्वती कन्या उच्च विधालयको भवन जीर्ण अवस्था रहेकोले चाडै नै निर्माण गर्ने अनि मंग्पूमा एउटा स्वास्थ्य केन्द्रको पनि अभाव रहेकोले यस विषयमा पनि ध्यान दिने उनले बताउदै  यहाँको बी० पी ० एल० परिवारलाई सरकारद्वारा बनाइदिने घरको निम्ति पनि तक्दा खण्ड विकाश अधिकारी संग बात गरेर बी० पी० एल० परिवारलाई घर निर्माण गरिदिने बचन दिए |
गोजमुमो मंग्पू  जोन उपाध्यक्ष जी० बी० राईको अध्यक्षतामा सम्पन्न यस सभालाई सम्बोधन गर्दै गोजमुमो केन्द्रिय समिति संगठनिक सचिव एवम मंग्पू  लाठ पन्चर जोन संयोजक रतन थापाले मेमोरेन्डम अफ् सेटलमेन्ट भित्र सिन्कोना बगान पनि अन्तर्भुक्त रहेको बताउदै यहाको जनताले आन्दोलनमा लागी परेर गोजमुमोलाई सहयोग गर्दै विधायक रोहित शर्मालाई बहुमतले विजय तुल्याएकोमा सम्पूर्ण जोनको जनतालाई आभार व्यक्त गरे |
गोजमुमो मंग्पू जोनका कानुनी सल्लाहकार राम पोख्रेलले संचालन गरेको त्यस धन्यबाद समारोहमा विशोर कार्कीले स्वागत सम्म्भाषण राखे भने गोजमुमो खर्सांग महकुमा समिति सभापति चुनुसिह ,मंग्पू  जोन सचिव रतन लामा ,दार्जीलिंग तराई डुवर्स प्लान्टेशन युनियन सिन्कोनाका मूल सचिव गगन राई लगायत अन्यले पनि छोटो संभाषण राखे | स्मरण रहोस यस मंग्पू  सिन्कोना बगान क्षेत्रमा पुर्व विधायकहरुले चुनाव जिते पछि धन्यबाद ज्ञापन गर्न समेत आएका थिएनन्  भने यस चोटी खर्सांग विधान सभा क्षेत्रका गोजमुमो विधायक डा० रोहित शर्माले स्थानीय सिन्कोनाबासी जनतालाई धन्यबाद दिन आएकोमा समग्र जनतामा हर्षको लहर छाएको छ | आज शर्माले लाब्दा बस्तीको ग्रामीण क्षेत्र साथै स्थानीय शिव मन्दिरको पनि परिभ्रमण गरे | उनले लाब्दा बस्ती गाउँदेखि शिव मन्दिर सम्म सडक निर्माण गरिदिने बचन दिए भने यहाँको सिरेल मन्दिरदेखि डाक  बंगला सम्म जोड्ने लाब्दा बस्ती सडकलाई पनि पक्का सडक बनाइदिने बचन दिए | यसरी गोजमुमो लाब्दा बस्ती शाखा तर्फबाट विधायकलाई ग्रामीण समस्या जस्तै स्वास्थ्य केन्द्र ,डाक घर ,हिमूल  अनि लाब्दा खास जुनियर  हाई स्कुललाई चाडै नै मान्यता प्राप्त गरिदिने मांग गर्दै एक ज्ञापन पत्र चडायो भनी जानकारी शाखा सचिव विवेक छेत्रीले बताएका छन् |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.