भोलि शुक्रबार २५ अक्टोबरको
दिन स्थानीय भष्मे खेल
मैदानमा गोरामुमोले जनसभा
हुने जानकारी लाब्दा बिभाग
पार्टी भिलेज चिफ भिक्टुर पाख्रीनले
जानकारी दिएका छन | भोलीको जनसभालाई
केन्द्र गरेर आज पार्टी कार्यकर्ताहरुले
स्थानीय नालीडाड़ामा गोरामुमोको
झन्डा साथै चेन फ्लेग लगाए | पार्टी
सुत्रले बताए अनुसार भोलीको
सभामा गोरामुमो खर्सांग ब्रान्च
कमिटि चीफ निमा लामा,छीरिंग
दाहाल,पेमु छेत्री,खरसाङ भू.पू.
अध्यक्ष पाल्देन लामा,लगायत
अन्य पार्टी कार्यकर्ता उपस्थित
रहनेछन | सभामा मिरिकबाट पनि
गोरामुमो पार्टीका शीर्ष नेतृत्ववर्ग
उपस्थित रहने थाहा लागेको छ | सभामा
सम्पूर्ण गोरामुमो समर्थकहरुलाई
उपस्थिति भईदिने भिलेज चिफ
भिक्टुर पाख्रीनले अपील गरेका
छन |

Post a Comment
We love to hear from you! What's on your mind?