मङपु अखिल भारतीय तृणमूल
कंग्रेस पार्टी संग संगै
यसको श्रमिक संगठन गठन
गर्ने काम पनि भईरहेको
छ | मङपु सिन्कोना बगान सित सम्बन्धित
पाचैवटा विभागमा शाखा गठन भईसके
पश्चात आई.एन.टी.टी.यु.सी.मङपु
जोनल कमिटि गठन गर्न सक्षम
भएको छ | हिज स्थानीय तणमूल पार्टी
कार्यालयमा पाचैवाटा बिभागका
श्रमिक प्रतिनिधिहरुको आम
सहमतिमा आई.एन.टी.टी.यु.सी.मङपु
जोनल कमिटि गठन गर्ने निर्णय
लियो | उक्त संगठनका सभापति निलकुमार
गुरुङ,उपसभापति के.एस.छेत्री,सुजित
राई,एच.डी.मोक्तान,बिनोद रसाईली,सचिव
बुद्ध लामा,सहसचिव राजु मुखिया,सौरभ
राई,गगन तामांङ,रन्जीत सिन्चौरी
अनि कोषाध्यक्ष मदन तामांङ
अनि लेखापरीक्षकमा जयकुमार
राई अनि सरोज तामांङलाई चयन
गरियो | सिन्कोना बगान श्रमिक
संगठन आई.एन.टी.टी.यु.सी.केन्द्रीय
समितिका भारप्राप्त सचिव मिरेन
लामाले सभालाई सम्बोधन गर्दै
वर्तमान सिन्कोना बगानको शोचनीय
अवस्था रहेको र यसको वित्रीय
समस्य रहेको कुरा प्रकाश पार्दै,वर्तमान
प्.बंगाल सरकार श्रमिकको हितमा
भएकोले श्रमिकको बेसिक पे.मा
बड़ोतरी गर्दै १सय २७रुपिया३८
पैसा अनि डी.ए.६५ रुपिया ८८ पैसा
बनाएको कुरा व्यक्त गरे | आजको
यस चुनावी कार्यक्रममा चुनावी
पर्यवेक्षक पनि रहेका मिरेन
लामाले श्रमिकवर्गको बेसिक
पे.अनि डी.ए.मा बदोतरी गरिदिएकोमा
राज्य सरकारप्रति आभार व्यक्त
गरे भन्ने जानकारी कार्यालय
इन्चार्ज रबिन योन्जनले एक
प्रेस बिज्ञप्ती मर्फात दिएका
छन |