गत बिहिबार स्थानीय रबिन्द्र भवनमा सरकारी सिन्कोना बगान मङपु अन्तर्गत सम्पूर्ण कार्यलय अनि बगानका सहायकहरु अनि सरकारी एपिकेक बगान रोंगो, सरकारी सिन्कोना बगान लाठपन्चरका कार्यलय अनि सम्पूर्ण बगानका सहायकहरुलाई लिएर एक शुत्री विषय बगानमा दीर्घ दिनदेखिको थाँतीमा रहेको नियुक्ति प्रक्रियालाई अविलम्ब सुचारु गरिन पर्छ भन्ने विषयमा जरुरी सभा सम्पन्न भयो | उक्त सभामा सिन्कोना बगान अधिनस्थ १४ वटै विभागहरुबाट सहायक प्रतिनिधिहरुको अपार उपस्थिति रहेको थियो जसमा सम्पूर्ण वक्ताहरु द्वारा नियुक्ति प्रक्रिया चाँडो भन्दा चाँडो खोलिन पर्ने अनि यसलाई सुचारु गराउन थप उर्जा प्रदान गर्न हेतु धाराबाहिक रुपमा सम्पूर्ण बगानहरुमा सभा सम्पन्न गर्ने अनि अघिल्लो कार्यक्रमको रुपरेखा निकाल्न फेरि आउँदो २८ फरवरीमा सरकारी सिन्कोना बगान मंसोंगमा विराट सभा गर्ने निर्णय लिएको छ | सम्पूर्ण बगान अनि कार्यलयका सहायकहरुलाई लिएर नियुक्ति विषयलाई अघि बडाउन एउटा विशुद्ध अराजनैतिक सहायक संगठन बनाउने पनि सभाले निर्णय लिएको छ साथै यसै संगठन अन्तर्गत नियुक्ति प्रक्रिया खोलाउन सम्बन्धित निकायलाई भेट गर्ने ठोस निर्णय लिएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?