केही महिना अघिदेखि निर्माणाधीन रहेको दार्जीलिंग जिल्ला केन्द्रीय सहकारी बैंक अर्थात कोओपरेटिव ब्यांक मङपुमा एघारौँ शाखाको आज सिन्कोना अनि अन्य औषधीय पौधाका निर्देशक डा० सामुयल राईको बाहुलीबाट विधिवत उद्घाटन भएको छ | धेरै वर्षदेखि मङपुमा एउटा ब्यांक हुनै पर्ने अनिवार्यतालाई साकर रुप दिंदै यसपल्ट यस ब्यांकले आफ्नो शाखा खोल्न सक्षम भएको छ | मङपुको जन घनत्वलाई यहाँ स्थापित ग्रामिण ब्यांक र स्टेट ब्यांकको उपभोक्ता सेवा केन्द्रले मात्र थेग्न नसकिरहेको समय यस ब्यांकको शाखा खोलिनु धेरै राम्रो कार्य भएको जनसाधारणको भनाइ छ | यसको साथै यहाँ स्थापित स्टेट ब्यांक एटीएममा बारबार पैसा सकिनुको तिक्त अनुभूति खप्न परेको मङपुबासीलाई यस ब्यांकले एटीएमको सुविधा पनि प्रदान गर्ने छ | ब्यांक पक्षबाट प्राप्त जानकारी अनुसार यस ब्यांकले अन्य ब्यांकहरुले जस्तै विभिन्न सब्सिडी, सयदिने रोजगारका जबकार्ड धारी, सिन्कोना कर्मचारी आदिको मासिक तनखा लगायत अन्य लोनहरुको सुविधा पनि दिनसक्ने बताएको छ | साथसाथै पहिलेदेखि नै कोओपरेटिव ब्यांकका खाता धारीहरुले अब उसो यस ब्यांकबाट आफ्नो पैसा निकाल्न साथै राख्न सक्ने पनि जानकारी छ भने आफ्नै आँगनमा आएको ब्यांकको फाइदा उठाउन हरेक मङपुबासीलाई आफ्नो नयाँ खाता खोलाउने अपिल पनि ब्यांक पक्षले गरेको छ |
आजको उद्घाटनी कार्यक्रममा सिन्कोना निर्देशक डा० सामुयल राईको मुख्य आतिथ्य राहेको थियो भने व्यवस्थापक जेसव साधाको पनि बिशेष आतिथ्य राहेको थियो | यसरी नै मङपु क्षेत्रका विभिन्न विधालयका प्रधान अध्यापक – अध्यापिका साथै व्यवसायवर्गको पनि उपस्थिति उत्तिकै महत्वपूर्ण रहेको थियो | बिशेष उपस्थितिहरुमा सहकारी ब्यांकको पक्षबाट कोअपरेटिव सोसाइटी दार्जीलिंग रेन्जका डेपुटी रेजिस्टर डीएल भुटिया, ब्यांक चेयरम्यान बीके शर्मा, भाइसचेयरमेन बिनोद छेत्री, सीइओ ममता सुब्बा, डेपुटी म्यानेजर कुमार राई साथै अन्यान्यको बिशेष उपस्थिति रहेको थियो भने कार्यक्रमलाई ब्यांक चेयरम्यान बीके शर्माले संचालन गरेका थिए |
यसै ब्यांकले २२ फरवरीको दिन दार्जीलिंग कोअपरेटिव ब्यांकको माथिलो तल्लामा राष्ट्रीय कृषि बिकास योजना केन्द्र सरकार द्वारा प्राप्त कोषले एउटा ठुलो प्रशिक्षण भवनको पनि दार्जीलिंग जिल्लापाल अनुराग श्रीवास्तवको बाहुलीबाट उद्घाटन गरेको छ | जुन भवनमा एसएचजी, जीएलजी आदि समुहले प्रशिक्षण, उत्पादन आदि कार्य गर्न सक्ने जानकारी प्राप्त छ |

Post a Comment
We love to hear from you! What's on your mind?