लाब्दा बस्तिको जनता जनार्दनमा अचानक खुशीको लहर छाएको छ | जीटीए क्षेत्रको मङपु अन्तर्गत लाब्दा बस्तिको गाडे घाउ सरह भएर बसेको बाटो बाघगौडादेखि लाब्दा बस्ति गुरुङ गाउँसम्मको बाटो निर्माणको उद्घाटन २०११ सालमा नै भएको थियो जो आजसम्म पनि बाटो बनाउने कार्य भने गरिएको थिएन | यही समस्यालाई सम्पूर्ण गाउँको जनताले क्षेत्रीय सभासद समक्ष उक्त विषय प्रति गुहार लगाएको थियो भने त्यसैको फलस्वरूप आज क्षेत्रीय सभासद रतन कुमार थापाको सतप्रयासमा उक्त बाटोको निरीक्षण कार्य भयो | यस निरीक्षण कार्यमा क्षेत्रीय सभासद संगै भारप्राप्त सभासद अनित थापा, सुरज लामा एसिस्टेन्ट इन्जिनियर, मोर्चा मङपु जोन मूल सचिव रतन लामाको बिशेष उपस्थिति रहेको थियो भने लाब्दा बस्तिका जनताको पनि उत्तिकै उपस्थिति थियो | उक्त बाटोको निर्माण कार्य आगमी १४ मार्चदेखि शुरु गरिदिने बचन जनता सामु विभागीय एसिस्टेन्ट इन्जिनियर सुरज लामाले दिएका छन् | यस बाटो निर्माण गरिनुमा क्षेत्रीय सभासदको अहम भूमिका रहेको जानकारी प्राप्त छ जसको निम्ति सम्पूर्ण लाब्दा बस्तीका जनताले उनलाई धन्यबाद दिएका छन् साथै सभासद अनित थापा, एइ सुरज लामा प्रति पनि कृतज्ञता प्रकट गरेको जानकारी गाउँको पक्षमा उत्तम मुखियाले दिएका छन् ||

Post a Comment
We love to hear from you! What's on your mind?