केही दिन अघि मात्र मङपुमा नवनिर्मित दार्जीलिंग सहकारी ब्यांकको शाखाले नाबार्डसितको संयुक्त तत्वधानमा यहाँको रविन्द्र भवनमा ब्यांक सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ | मङपु क्षेत्रका सम्पूर्ण विधालयका विधार्थीहरुलाई बिशेष महत्व दिएर राखिएको सचेतना कार्यक्रममा डिजिटल फाइनेन्स लिटरेसी साथै ब्यांक बचतको महत्वलाई विशेष प्रमुखता दिएको थियो | कार्यक्रममा नाबार्डका डा० दिवासकर छेत्री, समिका गुरुङ, लतिका सुब्बा, ऋतिक रोय अनि अर्पिता सेन गुप्ताको बिशेष उपस्थिति रहेको थियो | सचेतना कार्यक्रममा सरस्वती विधालयका विधार्थीहरुलाई प्रतिनिधत्व गर्दै शिक्षक – शिक्षिकाहरु लीना सुब्बा, प्रकाश छेत्री, जितेन्द्र रसाइली, नगेन्द्र लकान्द्री, सिनोरा प्रधान अनि प्रमिला मुखिया पनि उपस्थित रहेका थिए भने सहकारी ब्यांक मङपु शाखाबाट ब्यांक व्यवस्थापक उमेश ठकुरी अनि कर्मचारी विश्वजीत राई उपस्थित थिए | २०० भन्दा अधिक विधार्थीहरुलाई डा० दिवसकर छेत्रीले क्यासलेस ट्रानजेक्स्न, एटीएम अनि पिन नम्बर आदिको महत्व साथै साइबर क्राइम, ह्याकिङ अनि अनलाइन ट्रानजेक्स्न सम्बन्धि सतर्कता विषय जानाकरी गराएका थिए जसलाई विडियो अनि फोटो स्लाइडको मध्यमबाट अझ बुझ्न सहज बनाएका थिए | अन्तमा शाखा व्यवस्थापकले विधालयका शिक्षक प्रभारी चन्द्रकला राई, नाबार्डका पदाधिकारी साथै सम्पूर्णलाई नै कृतज्ञता प्रकट गर्दै भावी दिनहरुमा पनि यस्तै सचेतना कार्यक्रमहरु गर्ने जानकारी दिए ||

Post a Comment
We love to hear from you! What's on your mind?