गत १० मार्चको दिन स्थानीय सुन्तले लोहापुल क्षेत्रका बौद्ध समुदायलाई लिएर एउटा सभा सम्पन्न भयो | सभामा संगठन एक्जुकेटिव सदस्य प्रकाश बोम्जनले प्रतिनिधिवर्गको परिचय गर्दै सभाको उदेश्य बताए | १९ मार्चको बौद्ध महार्याली विषय प्रकाश पार्दै सहसचिव रतन बोम्जनले सम्पूर्ण उपस्थितिलाई स्वागत जनाए | विगत कोलकाता साउथ बेंगालका बौद्धहरुसंगको संयुक्त सभामा गठित संगठनको रुपरेखा अनि बङ्गालमा नर्थ बङ्गालबाट नगण्य प्रतिनिधि भएकोमा खेद प्रकट गर्दै विगतमा थुप्रै प्रतिनिधि द्वारा आ-आफ्नै ब्यानरमा बुद्ध पुर्णिमाको सरकारी छुट्टीको माग गरेता पनि संयुक्त रुपमा प्रतिनिधि नभएकोले उक्त माग पुरा नभएको तर अल बेंगाल बुद्धिष्ट डेभलोप्मेन्ट कमिटिले छोटो अवधिमा नै सम्पूर्ण बौद्ध समुदायहरुलाई एकै मंचमा एकत्रित गराउने काम गरि सामुहिक मेमोरेन्डम गत १४ फरवरी कालेबुंगमा मुख्यमन्त्री ममता ब्यनार्जीलाई चडाएको भोलिपल्टनै बुद्ध जयन्तीको छुट्टीलाई ग्याजेटेड होलिडे घोषणा गरेकोमा यसको श्रेय सम्पूर्ण गुम्बा, संघ संस्थाहरुलाई जाने बताए | भारत लगायत पश्चिम बङ्गालमा बौद्धहरुको स्थिति असल नभएको कारण बौद्धहरुमा एकता अनि सचेतनाको कमी भएको बिचार पोखे | यसैले बौद्धहरुमा एकता जगाउने उदेश्यमा नै आगमी १९ मार्चको रयाली आयोजन गरिने तय भएको बताउंदै यसै रयाली मार्फत बंगाल सरकार अनि केन्द्र सरकारलाई बौद्ध जनसंख्या प्रदर्शन गर्दै १४ सुत्रीय मागहरु अघि बढाउने रहेको बताए | बुद्ध पुर्णिमाको छुट्टीलाई आम ग्याजेटेड होलिडे नोटिफिकेशनमा सम्पूर्ण राज्य सरकार अधिनस्थ सरकारी, गैर सरकारी संस्था लगायत चियाबारी सिन्कोनाबारीमा पनि यो लागु भएको जनाए | यसरी नै बुद्धिष्ट माइनोरिटि सदस्यता राज्य माइनोरिटि कमिशनमा बढाइनु पर्ने माग राखेको बताए | सबैले आफ्नो जात भुलेर केवल बौद्ध भइ सिलिगुडीको महारयालीमा भेला भइदिने अपिल गर्दै त्यही दिन बौद्ध एकता दिवसको रुपमा मनाउनु पर्ने आह्वान सभाम गरियो साथै यसको सामुहिक चित्र राष्ट्रिय धारामा जोडिन पर्ने बताउंदै आफ्नै खुट्टाले टेकेर सिलिगुडीको हिलकार्ट रोडलाई तिर्थ यात्रा सम्झी उपस्थिति दिने पनि सभामा निवेदन गरिएको छ | संगठन केन्द्रीय सदस्य लाक्पा छिरिङ गोलेले अल बेंगाल बुद्धिष्ट डेभलोपमेन्ट कमिटि एउटा बौद्धहरुको संयुक्त मंच भएको अनि बौद्धहरुको विकाश हेतु जन्म भएको जनाए | बौद्ध धर्म शान्तिप्रिय धर्म भएको जनाउंदै यसै शान्ति, मैत्री द्वारा एक भइ अघि बढ्न पर्ने उनले जनाए | यसै सभामा सुन्तले क्षेत्रबाट मोहन पाख्रीनले आफ्नो वक्तब्यमा आगमी १९ मार्चको रयालीलाई पूर्ण सहयोग रहने अनि उपस्थित सदस्यहरुलाई बिहान समयमा नै उपस्थित भइदिने अनुरोध गरे | लनम लामा कार्यकारिणी सदस्य अल बेंगाल बुद्धिष्ट डेभलोप्मेन्ट कमिटिमा आफु संलग्न रहनु दिमागबाट नभई हृदयबाट नै बौद्ध जागरणको निम्ति प्रवेश गरेको बताए | बौद्ध धर्म अति नै उच्च अनि धनी रहेको भएपनि हामीमा धर्म चेतनाको कमी रहेको अनुभव व्यक्त गरे | यसैलाई बिकाश गर्ने कोशिश संगठनको रहेको बताए | धर्ममा नवयुवाहरुको रुचि कम भएकोमा खेद व्यक्त गर्दै सबै अभिभावकवर्गले आआफ्नो नानीहरुलाई गुम्बा, धर्म संस्थासंग संलग्न गराउने अपिल गरे | सभामा मेनुका तामांग, ममता तामांग साथै सपना तामाग पनि उपस्थित रहेको जानकारी प्रचार प्रसार सचिव सुरेन पाख्रीनले दिएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?