गत ११ मार्चको दिन सरकारी सिन्कोना बगान मङपुको विश्राम गृहमा :सहायक संगठन” केन्द्रीय समितिको एक महत्वपूर्ण सभा संगठन सभापति साङदोर्जे तामांगको सभापतित्वमा सम्पन्न भयो | यस सभा संगठनको एक सुत्री मुद्दा “ सिन्कोना बगानमा धेरै वर्षदेखि ठप्प रहेको ग्रुप डी नियुक्ति प्रक्रियालाई यथाशीघ्र सुचारु गरिन पर्ने अनि भविष्यमा संगठनले गर्ने कार्यक्रमको रुपरेखा तयारीको निम्ति बसेको थियो | सहायक संगठन केन्द्रीय समिति साथै चारैवटा युनिटहरु मङपु, रोङगो, मन्सोङ अनि लाठपन्चरका जोनल कमिटिका प्रतिनिधिवर्गको उपस्थितिमा बसेको सभामा सर्वप्रथम नियुक्ति प्रक्रिया बारे जानकारी लिन आगमी २१ मार्चको दिन चारैवटा युनिटका व्यवस्थापकहरुलाई जोनल कमिटिको प्रतिनिधित्वमा भेटवार्ता गर्ने साथै यसको लगत्तै पछि यही मार्च महिना भित्रमा नै केन्द्रीय समितिको प्रतिनिधित्वमा निर्देशक सिन्कोना एवम अन्य औषधीय पौधाहरुसंग भेटवार्ता गर्ने निर्णय लिइएको छ |
सहायक संगठन एक बिशुद्ध अराजनैतिक संगठन रहेको कारण कुनै राजनैतिक कार्यक्रम गर्ने एवम राजनैतिक दलहरुलाई चुनौती दिन यो संगठन गठन गरिएको होइन, यसको एक मात्र उदेश्य सिन्कोनामा ठप्प रहेको नियुक्ति प्रक्रियालाई यथाशीघ्र चालु गराउनलाई व्यवस्थापकलाई जोड दिनु हो साथै आवश्यक परेको खण्डमा व्यवस्थापनलाई सहयोग पनि गर्ने हो | तर हाल कतिपय राजनैतिक दलहरुमा संगठनको गलत संदेश गइरहेको कारण संगठनको कार्यक्रमहरुमा सानोतिनो हस्तक्षेप हुन थालेको संगठनले महसुस गरिरहेको छ र यस्तो भूलभ्रान्तिमा परेर कुनै पनि राजनैतिक दलहरुले संगठनको कार्यक्रमहरुमा हस्तक्षेप नगरिदिने बरु सिन्कोना बगानको भविष्य माथि साँच्चै चिन्तित छ भने बगानमा शृष्टि भइरहेको विकराल समस्याहरुको समाधान हेतु सम्पूर्ण राजनैतिक दल र युनियनहरु एकै मंचमा उत्रेर त्यस विषयमा उर्जा लगाए असल हुने संगठनको सुझाव साथै निवेदन रहेको छ | सहायक संगठनको भावी कार्यक्रमहरुमा सिन्कोना बगान अधिनस्थ सम्पूर्ण कार्यलय, कारखाना, अस्पताल साथै १४ वटा बगानका सम्पूर्ण सहायकवर्ग सम्भागी बन्ने आशा व्यक्त गर्नुको साथै सबै सहायकवर्गलाई संगठनको कार्यक्रमहरुमा भाग लिइदिने आह्वान संगठनले गर्दछ भनि सहायक संगठन केन्द्रीय समिति मूल सचिव मुनाल घिसिंगले विज्ञप्ति मार्फत जानकारी गराएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?