सिन्कोना बगानमा केही सप्ताह अघि मात्र बगान चलाउने ग्याङमेनहरु एक विभाग देखि अन्यत्र विभागमा स्थान्तरण गरिने कार्य भएको छ | यही स्थान्तरण कार्यमा यहाँको लाब्दा विभागका ग्याङमेन प्रभारी मदन राई पनि भारप्राप्त ग्याङमेन भइ रङबी सिन्कोना विभागमा स्थान्तरण भएको थियो भने रङबी विभागका ग्याङमेन मन बहादुर रसाइली लाब्दा सिन्कोना बगानमा स्थान्तरण भएको छ | एक सप्ताह अघि नै सरुवा भइ लाब्दा विभाग आएका नयाँ ग्याङमेनलाई कुनै स्वागत कार्यक्रम गर्नमा बिलम्ब भएपनि आज लाब्दा सिन्कोना विभागको पक्षबाट भब्य स्वागत जनाइने कार्य भएको छ | आज बिहानको गन्तीमा विभागीय कार्यलय बडाबाबु कमल किशोर राईको अध्यक्षतामा बसेको स्वागत कार्यक्रम विभागका सम्पूर्ण श्रमिक, कर्मचारीहरुले फूलमालाअनि खदा लगाएर नयाँ ग्याङमेनको भब्य स्वागत गरेको छ | विभागीय कार्यलय कर्मचारी लोकमणि शर्माले संचालन गरेको स्वागत कार्यक्रममा सिन्कोना बगान व्यवस्थापक जेसव सादाको बिशेष उपस्थिति रहेको थियो भने साथमा विभागका भुतपुर्ब ग्याङमेन बीबी मोहोरा जो अहिले रङजु भेल्ली सिन्कोना विभागमा पदोन्नति भएर मंसीको पदभार सम्हालिरहेका छन् साथै विभागका भुतपुर्ब ग्याङमेन प्रभारी मदन राई लगायत विभागका दफादर, चप्रासीहरु अनि सम्पूर्ण श्रमिक कर्मचारीहरुको उपस्थिति रहेको थियो | कार्यक्रमलाई सम्बोधन गर्दै व्यवस्थापक सादाले ग्याङमेन स्थानतरण गरिनुको कारण हरेक सिन्कोना विभागको कार्य संस्कार अनि प्रगतिको निम्ति गरिएकोले कसैले पनि मन नदुखाई निष्ठापुर्वक आफ्नो कार्यभार सम्हाल्ने अपिल गरे | यसरी नै विभागका नयाँ ग्याङमेन रसाईलीले पनि सर्वप्रथम सिन्कोनाको कार्य सस्कारलाई बिशेष महत्व दिने अनि कुनै भाइ भतिजावाद, जातिवाद, धर्मवादमा नपरी कर्तब्यनिष्ठ भइ काम गर्ने कतिबधता जाहेर गर्दै यसमा सबै श्रमिक तथा कर्मचारीवर्गले पनि सहयोग गरिदिने अपिल गरेका छन् ||

Post a Comment
We love to hear from you! What's on your mind?